नेभिगेशन
सबै कुरा

महाशिवरात्रीको तयारी अन्तिम चरणमा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशिवरात्रीको पूर्वसन्ध्यामा सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले बिभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

Ncell
Extreme Energy

पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट , भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन भइसकेको कोषको भनाइ छ ।

महाशिवरात्री पर्वलाइ सुरक्षित र मर्यादीत बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ ।

त्यस्तै नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थाहरु मार्फत पर्याप्त सँख्यामा स्वयंसेवकहरु परिचालित हुनेछन् भने पशुपति प्रवेशका लागि चारवटा प्रवेशद्वारबाट प्रवेश, दर्शन–पूजन, चन्दन ग्रहण, बहिर्गमन एवं रात्रिकालिन अर्चनाको व्यवस्था मिलाइएको कोषका परिषद् सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक राजुकुमार खत्रीले जानकारी दिए । 

त्यस्तै पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न÷नगराउन समेत कोषले सचेत गराएको छ । शिवरात्रीका अवसरमा यस बर्ष पाँच लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको कोषले जनाएको छ । यस बर्षको महशिवरात्री फाल्गुन १४ गते बुधबार मनाइदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।