नेभिगेशन
सबै कुरा

महाशिवरात्रीको तयारी अन्तिम चरणमा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । 

महाशिवरात्रीको पूर्वसन्ध्यामा सोमबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले बिभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट , भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ । महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन भइसकेको कोषको भनाइ छ ।

महाशिवरात्री पर्वलाइ सुरक्षित र मर्यादीत बनाउन नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरिने बताइएको छ ।

त्यस्तै नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थाहरु मार्फत पर्याप्त सँख्यामा स्वयंसेवकहरु परिचालित हुनेछन् भने पशुपति प्रवेशका लागि चारवटा प्रवेशद्वारबाट प्रवेश, दर्शन–पूजन, चन्दन ग्रहण, बहिर्गमन एवं रात्रिकालिन अर्चनाको व्यवस्था मिलाइएको कोषका परिषद् सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक राजुकुमार खत्रीले जानकारी दिए । 

त्यस्तै पाशुपत क्षेत्रमा माँस, मदिरा, गाँजा, भाङ, चरेश आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न÷नगराउन समेत कोषले सचेत गराएको छ । शिवरात्रीका अवसरमा यस बर्ष पाँच लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ । महाशिवरात्री मनाउन पशुपतिनाथ मन्दिरमा बिभिन्न देशबाट साधुसन्तहरुको समेत आगामन भइसकेको कोषले जनाएको छ । यस बर्षको महशिवरात्री फाल्गुन १४ गते बुधबार मनाइदैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

संसदीय दल र सरकार फरक हो, राजीनामा दिन्नः मुख्यमन्त्री लामा

मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको बताए ।
राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

राजेश अहिराजविरुद्ध मुद्दा दायर, जबरजस्ती कोठामा छिरेर बलात्कार गरेको युवतिको बयान

अध्ययनको लागि काठमाडौँ आएकी ति युवतिको कोठामा जरुरी कुरा गर्नुछ भन्दै झा कोठामा प्रवेश गरेको र पानी दिएपछि मुख थुन्दै बलात्कार गरेको उनले बयानका क्रममा बताएकी छिन् ।
सरकारका विरुद्ध  प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

सरकारका विरुद्ध प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका बिरुद्ध औचित्यपूर्ण ढगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया थप सिँचाइ र जलविद्युतको उद्घाटन

प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुुन ।

भर्खरै