नेभिगेशन
सबै कुरा

प्रकृतिका साथीको बयानः पटक पटक गुहार माग्दा पाइनन्

काठमाडाैँ । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि अन्यायपूर्ण ज्यादती भएको एक साता पुरा भयो । आफ्नो महिला सहपाठीमाथि पटक पटक भइरहेको ब्ल्याकमेल र उनको अप्रत्याशित मृत्युको कारण माग गर्ने नेपाली भाइबहिनीहरुमाथि गरिएको दमन अहिले सुसुप्त मनोवैज्ञानिक त्रास बनेर तपाई हाम्रो घर घरमा भित्रिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

भारतको केआईआईटी छोडेर नेपाल आएका झण्डै एक हजार विद्यार्थी आफूहरुमाथि भएको दमनको त्यो क्षण परिवारदेखि समाजलाई सुनाउँदैछन् । 

आफूसँगैको साथीको ज्यान गएको र आफूहरुमाथि निर्मम कुटपिट भोकेका उनीहरु कसरी फेरि केआईआईटी फर्कने भन्ने त्रासमा छन् । 

केआईआईटीमा आफूहरुमाथि मध्यरात कुटपिट भइरहेको बेला सरकार गुहारेका उनीहरुले, कलेजबाट निकालिएर बस पार्क र रेल स्टेशनमा पु¥याएर फ्याँकिदा पनि सरकार पाएनन् । 

१० दिन पछिको परिक्षा, रित्तो गोजी र मनमा डर बोकेर नेपाल हिंडेका उनीहरु घर त आए तर केआईआईटी पुनः जान सक्नेमा भने त्रसित देखिन्छन् । 

घटनाको तेस्रो दिन मात्रै जागेको सरकारले केआईआईटीमा उत्पन्न विवाद समाधान भएको भ्रम छरिरहेको छ । तर, बाबु आमाले काढेको ऋणबाट उज्वल भविष्यको सपना बोकेर केआईआईटी पुगेका विद्यार्थीहरु सरकारसँग सहमत छैनन् । 

न्याय माग गर्दा भाडामा बाउन्सर ल्याएर विद्यार्थी कुट्ने केआईआईटीले घटनाबाहिरिए पछि अहिले जे जति प्रचार गरिरहेको छ त्यो उसले आफ्नो सामाजिक क्षति रोक्न र शिक्षाको व्यापार जोगाउन मात्रै गरेको नेपाल फर्केका विद्यार्थीहरु बताउँछन् । 

कलेज र होस्टल हाताको त्यो दिन स्मरण गर्दा फर्केर केआईआईटी जाने वातावरण बनाउन सरकारले धेरै काम गर्न बाँकी रहेको उनीहरुको भनाई छ । 

सिधाकुराको सम्पर्कमा आएका विद्यार्थीहरुकाअनुसार फागुन ४ को घटना भन्दा तीन साता अघि नै प्रकृतिमाथि ज्याजदी थाहा पाएको प्रमाण बोकेर उनीहरु क्याम्पस प्रसाशन पुगेका थिए । तर, पनि प्रकृतिले ज्यान गुमाईन, उनको न्यायको माग गर्दा सयौँ विद्यार्थी पीडित बने । केआईआईटीकै डरका कारण विद्याथीहरु आफ्नो पहिचान खुलाएर समेत सो घटना वर्णन गर्न सकिरहेका छैनन् । आजको सिधाकुरा ब्रिफिङमा हामी तपाईहरुलाई केआईआईटीमा फागुन ४ मा भएको त्रासदीपूर्ण घटना, त्यसको तीन साता अघिदेखि नेपाली विद्यार्थीहरुले प्रकृतिका लागि मागेको न्याय र सडकमा फालिएर घरफिर्तिको उनै विद्यार्थीहरुको अनुभव प्रस्तुत गर्दैछौँ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...