नेभिगेशन
सबै कुरा

‘काठमाडौँ महानगरलाई बन्धक नबनाइयोस्, ओली सरकारलाई फोहोर उठाउने मानिसको पाप लाग्ला’: ज्ञानेन्द्र शाही

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिका लगायत देशका बिभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नपठाएकोमा सांसद ज्ञानेन्द्र शाहीले संसदमै आक्रोस पोखेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्नै सांसद शाहीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, सफाईकर्मीले तलब नपाएको जानकारी गराए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसको पाप लाग्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘आज काठमाडौँ महानगरपालिका लगायत देशका सबै नगरपालिका, धेरै भन्दा धेरै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखिएको छ । देशका शिक्षक कर्मचारीहरु ठप्प छन् । काठमाडौँ महानगरमा सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन् । यो ओली सरकारलाई त्यसको पाप लाग्ला । आज शिक्षक, स्वास्थ्यकर्मीले तलब पाएका छैनन्, आज मेरो जुमलामा पनि त्यही हालत छ । आज ८३ हजार ५ सय ५८ जना निजामति कर्मचारीहरु के नेताको घरमा चाकडी गर्न र घरदैलो अभियान गर्न नियुक्ति गरिएको हो सम्माननीय सभामुख महोदय ?’ 

Ncell
Extreme Energy

 उनले थपे, ‘काठमाडौँ महानगरपालिलाई बन्धक नबनाइयोस्, फोहोर उठाउने मानिसको पाप लाग्ला ।’

उनले सरकारले देशभरीको स्थानीय तहको हालत खराब गरेको बताए । काठमाडाैँ महानगर लगायत देशका धेरै स्थानीय तहहरुमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासिनक कामहरु ठप्प भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।