नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई गरिएजस्तो अनुसन्धान ०४७ यताका नेताहरुमाथि गर्ने हो भने टाउको लुकाउने ठाउँ भेटिन्नः हरि ढकाल


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ साल यताका अन्य पार्टीका नेताहरुको छानबिन गर्ने हो भने कसैले अलिकति टाउको लुकाउने ठाउँ पनि नभेट्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्ना पार्टीका सभापतिमाथि गरिएको अनुसन्धानको केही भाग मात्रै अन्य नेताहरुमाथि अनुसन्धान गर्ने हो भने यो देशमा टाउको लुकाउने ठाउँ नहुने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले भने, ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदन मान्यज्यूहरुले अध्ययन गर्नुभएको रहेनछ कि जस्तो लाग्यो । ४४९ नम्बरको पेज पढ्नुहोला । त्यहाँ के लेख्या छ, ऋण लिनमा रवि लामिछानेको प्रत्यक्ष संलग्नता छैन भनिएको छ । गोर्खा मिडियामा आएको रकम परिचालन सम्बन्धमा प्रचलित कानुन अनुसार कारबाही गर्नु भनिएको छ । प्रचलित कानुन भनेको कम्पनी ऐन २०६३ हो मान्यसदसइहरु । कसरी के तरिकासँग मुद्दा लगाइयो–सम्पत्ति सुसिद्धकरण कतै, कतै ठगी यो के हो ? सम्माननीय सभामुख महोदय, म ४७ यताकालाई अलिकति, हाम्रो पार्टी सभापति जस्तैगरी होइन, अलिकति अनुसन्धान प्रक्रियामा ल्याऔँ त टाउको लुकाउने ठाउँ छैन तपाईँहरुको यो देशमा टाउको ।’ 

त्यस्तै उनले ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रस्टाचार अवधारण सुचांक २०२३ को तथ्यांक सार्वजनिक गर्दै पछिल्ला वर्षहरुमा भ्रष्ट्राचार कसले गरेको हो प्रश्न गरे । ‘यी वर्षहरुमा यो सरकार सञ्चालक को थियो सभामुख महोदय ? भ्रस्टाचार गर्दिन गर्न नी दिन्न भारच त !’ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।