नेभिगेशन
सबै कुरा

संसदमाथि सरकारको निरन्तर बलमिच्याँइ भयोः रेखा शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याइ भइरहेको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद शर्माले संसदबाट पारित विधेयकमाथि मन्त्रीले संशोधन हुने गरेको र संसद्‍मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुनुले संसदमाथि सरकारको निरन्तर बलमिच्याइ पुष्टि भएको बताएकी हुन् । 

Ncell
Extreme Energy

सांसद शर्माले सरकारलाई सांसदहरुले सोधेका प्रश्नको जवाफ सरकारले नभइ सत्तारुढ सांसदहरुले दिने अवस्था बनेको जिकिर गरिन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने भन्दै सभामुखले रुलिङ गर्न माग गरिन् ।

सांसद शर्माले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै दल खोलेर राजनीतिमा आउन सुझाव समेत दिइन् । 

उनले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै यसबाट बाहिर निस्कन सरकारले गरेको तयारी सदनमा जानकारी गराउन माग गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।