नेभिगेशन
सबै कुरा

संसदमाथि सरकारको निरन्तर बलमिच्याँइ भयोः रेखा शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संसदमाथि सरकारको निरन्तर बलमिच्याइ भइरहेको बताएकी छिन् । 

मंगलबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै सांसद शर्माले संसदबाट पारित विधेयकमाथि मन्त्रीले संशोधन हुने गरेको र संसद्‍मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुनुले संसदमाथि सरकारको निरन्तर बलमिच्याइ पुष्टि भएको बताएकी हुन् । 

सांसद शर्माले सरकारलाई सांसदहरुले सोधेका प्रश्नको जवाफ सरकारले नभइ सत्तारुढ सांसदहरुले दिने अवस्था बनेको जिकिर गरिन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्ने भन्दै सभामुखले रुलिङ गर्न माग गरिन् ।

सांसद शर्माले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै दल खोलेर राजनीतिमा आउन सुझाव समेत दिइन् । 

उनले सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेको भन्दै यसबाट बाहिर निस्कन सरकारले गरेको तयारी सदनमा जानकारी गराउन माग गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

बैठकले लुम्विनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्विनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठेरा लगाएतका बिषयलाई सदनममा लैजाने निर्णय गरेको छ भने प्रवासी नेपालीहरुको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग...
प्रधानमन्त्री कार्यालयको खर्च घट्यो

प्रधानमन्त्री कार्यालयको खर्च घट्यो

अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले गरेको खर्चको अनुपातभन्दा यस सरकारले आफ्नो कार्यालयभित्र विनियोजन भएको बजेट शीर्षकमा व्यापक सुधार गरी खर्च कटौती गरेको छ ।
एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप

एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप

एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेको तीन आरोप
रास्वपा संसदीय दलको बैठक सकियो

रास्वपा संसदीय दलको बैठक सकियो

सांसद सविता गौतमका अनुसार अहिले छलफलमा रहेको विधेयकहरूमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले रास्वपाका सांसदहरूले गहिरो अध्ययन गरी छलफल गर्ने निर्णय गरेको हो । बैठकले संसद्मा भिजिट भिसालाई...