नेभिगेशन
सबै कुरा

त्रिविले भन्यो ‘केआइआइटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीले चाहे हामी भर्ना लिन सक्छौँ’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भारतको उडिसास्थित केआईआईटी विश्व विद्यालयबाट निकालिएका विद्यार्थीलाई भर्ना लिन आफू तयार रहेको बताएको छ । मङ्गलबार एक सूचना जारी गर्दै विश्व विद्यालयले यस्तो घोषणा गरेको हो । 

शिक्षाध्यक्षको कार्यालयले एक सूचना जारी गर्दै विद्यार्थीले चाहे भर्ना लिने जनाएको हो । ‘भारतको केआईआईटी विश्व विद्यालयबाट फर्किन बाध्य भएका विद्यार्थीहरूले चाहे त्रिविमा सञ्चालित कार्यक्रममा क्रेडिट ट्रान्सफर सुविधा अन्तर्गत  भर्ना गर्न सकिने व्यहोरा जानकारी गराइन्छ ’ त्रिविले भनेको छ ।

त्रिविले त्यस्तो विद्यार्थीहरूका लागि सम्पर्क गर्न भन्दै आग्रह पनि गरेको छ । गत फागुन ४ गते आइतबार भारतको उडिसास्थित केआईआईटी विश्व विद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत भेटिएकी थिइन् ।

उनको शङ्कास्पद मृत्युबारे प्रश्न गर्दा क्याम्पसको होस्टेलबाट एक हजार नेपाली विद्यार्थीहरू निकालिएका थिए । उनीहरूलाई क्याम्पसले बस पार्क तथा रेल स्टेशनमा ल्याएर छोडेको थियो । त्यसपछि विद्यार्थीहरू दुःखसाथ नेपाल आएका थिए । नेपाल आएका विद्यार्थीहरूले आफूहरू भारत फर्कन त्रास रहेको बताइरहेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

बैठकले लुम्विनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्विनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठेरा लगाएतका बिषयलाई सदनममा लैजाने निर्णय गरेको छ भने प्रवासी नेपालीहरुको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग...
प्रधानमन्त्री कार्यालयको खर्च घट्यो

प्रधानमन्त्री कार्यालयको खर्च घट्यो

अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले गरेको खर्चको अनुपातभन्दा यस सरकारले आफ्नो कार्यालयभित्र विनियोजन भएको बजेट शीर्षकमा व्यापक सुधार गरी खर्च कटौती गरेको छ ।
एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप

एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप

एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेको तीन आरोप
रास्वपा संसदीय दलको बैठक सकियो

रास्वपा संसदीय दलको बैठक सकियो

सांसद सविता गौतमका अनुसार अहिले छलफलमा रहेको विधेयकहरूमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले रास्वपाका सांसदहरूले गहिरो अध्ययन गरी छलफल गर्ने निर्णय गरेको हो । बैठकले संसद्मा भिजिट भिसालाई...