नेभिगेशन
सबै कुरा

त्रिविले भन्यो ‘केआइआइटीबाट नेपाल फर्किन बाध्य विद्यार्थीले चाहे हामी भर्ना लिन सक्छौँ’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले भारतको उडिसास्थित केआईआईटी विश्व विद्यालयबाट निकालिएका विद्यार्थीलाई भर्ना लिन आफू तयार रहेको बताएको छ । मङ्गलबार एक सूचना जारी गर्दै विश्व विद्यालयले यस्तो घोषणा गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षाध्यक्षको कार्यालयले एक सूचना जारी गर्दै विद्यार्थीले चाहे भर्ना लिने जनाएको हो । ‘भारतको केआईआईटी विश्व विद्यालयबाट फर्किन बाध्य भएका विद्यार्थीहरूले चाहे त्रिविमा सञ्चालित कार्यक्रममा क्रेडिट ट्रान्सफर सुविधा अन्तर्गत  भर्ना गर्न सकिने व्यहोरा जानकारी गराइन्छ ’ त्रिविले भनेको छ ।

Ncell
Extreme Energy

त्रिविले त्यस्तो विद्यार्थीहरूका लागि सम्पर्क गर्न भन्दै आग्रह पनि गरेको छ । गत फागुन ४ गते आइतबार भारतको उडिसास्थित केआईआईटी विश्व विद्यालयमा अध्ययनरत एक नेपाली छात्रा मृत भेटिएकी थिइन् ।

उनको शङ्कास्पद मृत्युबारे प्रश्न गर्दा क्याम्पसको होस्टेलबाट एक हजार नेपाली विद्यार्थीहरू निकालिएका थिए । उनीहरूलाई क्याम्पसले बस पार्क तथा रेल स्टेशनमा ल्याएर छोडेको थियो । त्यसपछि विद्यार्थीहरू दुःखसाथ नेपाल आएका थिए । नेपाल आएका विद्यार्थीहरूले आफूहरू भारत फर्कन त्रास रहेको बताइरहेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...