नेभिगेशन
सबै कुरा

यस्तो छ सांसद रेखा शर्मालाई उन्मुक्ति दिने भित्री खेल (भिडियो)

गत जेठमा काठमाडौँको बालुवाटारस्थित एक घरबाट १४ वर्षीय बालिकालाई  काठमाडौँ महानगरले उद्धार गर्यो । त्यो घर थियो एमालेकोतर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखा शर्माको । सांसद शर्माबाट बालिकामाथि श्रमशोषण तथा दुव्र्यवहार भएको भन्दै जेठ ३० गते काठमाडौँ प्रहरी परिसर काठमाडौँमा जाहेरी पर्यो । जाहेरीपछि सांसद शर्मा निषेधाज्ञाको माग गर्दै उच्च अदालत पाटन पुगिन् । अदालतले माग दावी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज गरिदियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सर्वोच्च अदालतमा पनि बालिकाको परिवारको तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरियो । त्यतिबेला सांसद शर्माको तर्फबाट वकालत गर्ने वकिल थिए हालका महान्यायधिवक्ता रमेश बडाल । तर, सर्वोच्चले पनि बालिकालाई महानगरकै संरक्षणमा राखेर पढाउने अनुमति दिएको थियो । 

दुबै अदालतबाट आएको निर्णयले रेखा शर्मालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको थियो । तर, प्रहरीले सत्ताधारी सांसदको विषयमा अनुसन्धान गर्न खासै चासो देखाएन । 

एकाएक २०८१ माघमा जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले सांसद शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिदियो । यसअघि हालका न्यायधिवक्ता रमेश बडालले नै सांसद शर्माको पक्षमा मुद्दा लडेका थिए । र अहिले उनकै नेतृत्वमा रहेको सरकारी वकिलको कार्यालय अर्थात महान्यायधिवक्ताको कार्यालयले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गर्यो । यहाँ स्वार्थको द्वन्द्व देखियो कि देखिएन ? राज्य शक्तिलाई अस्त्र बनाएर कहाँ प्रयोग गरियो बुझ्न कठिन छैन । 

बालिकाको उद्धारकर्ता तथा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहका सचिवालय सदस्य धिरज जोशी राजनीतिक शक्ति भएको व्यक्ति जे गरेवपनि हुन्छ भन्ने भाष्य स्थापित भएको बताउँछन् । ‘उच्च र सर्वोच्चले स्पष्ट रुपमा आरोपित पक्षलाई कसुरदार होइनन् भन्न मिल्दैन भन्ने ओदश दिईसकेको छ ।  कसुर थिएन भने सर्वोच्चले बन्दी प्रत्यक्षिकरणको आदेश जारी गर्नुपर्ने गरेन, उच्चले निषेधाज्ञा दिनुपर्ने दिएन । यो दुबैको अर्थ न्यायीक प्रक्रियामा श्रीमान्हरुको धारण के हो भने यसमा अपराध होइन भन्न मिल्दैन ।’ जोशीले भने, ‘न्यायाधीशहरुले यहाँ अपराध छ । यसमा अनुसन्धान गर भनेर बाटो खोलिदिने । तर राजनीतिक पहुँच भएका व्यक्तिहरुले हस्तक्षेप गर्ने हो भने त प्रक्रिया मिलाएर जे गरे हुन्छ भन्ने सन्देश गयो नी ।’ 

सरकारबाट मुद्दा नचलाउने निर्णय भएपछि नागरिकस्तरबाट यो विषयको चर्को आलोचना भयो । त्यसपछि राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गर्दै अनुसन्धान गर्ने निर्णय लियो ।

सरकार पक्षले नै मुद्दा नचलाउने निर्णय गरेपछि मानव अधिकार आयोगले स्वविवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेपछि महानगरपालिकालाई समेत अनुसन्धानमा जोडेको हो ।

आयोगले माग गरेपछि अहिले काठमाडौँ महानगरपालिकाले सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएको नाबालिका बन्धक र घरेलु कामदार बनाएको घटनामा तयार गरेको अनुसन्धान अभिलेखहरु आयोगलाई बुझाएको छ । आइतबार महानगरको टोली आयोगको केन्द्रिय कार्यालय पुल्चोक पुगेर आयोगका सचिवसमक्ष फाइल बुझाएको हो । 

आयोगले अनुसन्धानका क्रममा महानगरपालिकाको तर्फबाट सम्पादित कार्यहरु, प्रतिवेदन लगायतका तपसिल बमोजिमका अभिलेखहरुको माग गरेपश्चात ३ दिनभित्रै सम्पूर्ण कागजात संलग्न गरी १२० पृष्ठको अभिलेखहरु मानव अधिकार आयोगलाई पेस गरेको छ । जोशी यो प्रकरणमा महान्याधिवक्ताको समेत स्वार्थको द्वन्द्ध जोडिएको बताउँछन् । महानगरपालिकाका विरुद्धमा एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्याधिवक्ताको पदमा आसिन रहेकाले मुद्दा नचलाईएको विषय पनि विवरण पनि महानगरले आयोगलाई बुझाएको जोशी बताउँछन् । 

महानगरले उद्धार गरेकी बालिकाले आफूमाथि सांसद शर्माले श्रमशोषण सँगै कुटपिट गर्ने गरेको बयान दिएकी थिइन् । काठमाडौँ महानगरपालिकाले हालसम्म ७३ जना बालबालिका उद्धार गरेको छ । जसमा ३१ जना बालिका छन् भने ३९ जना बालक छन् । जसमध्ये ३४ जनालाई परिवासँगै पठाइएको छ । बाँकीलाई महानगरले सेल्टरमा रोखेको छ । उनीहरुलाई शिक्षाको पनि व्यवस्था गरिएको छ । सँगै ७ जना बालबालिकाको मुद्दा अहिले पनि विचाराधिन छ । त्यसमध्ये ५ ओटा त जबरजस्ती करणीको छ । बालबालिकाको न्यायको लागि महानगरले हर हदसम्म प्रयास गर्ने जोशीले प्रतिवद्धता व्यक्त गरे ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
भीआईपीका दोहोरो सुविधा अब हुँदैछ कटौती

भीआईपीका दोहोरो सुविधा अब हुँदैछ कटौती

प्रधानमन्त्री बालेन शाहले दोहोरो सुविधाको नाममा राज्यमाथिको ब्रह्मलुट रोक्न नयाँ कानुन प्रस्ताव गरेका छन् ।