नेभिगेशन
सबै कुरा

चाबहिल, गौशाला,सिनामंगल देखि पुरानो बानेश्वर क्षेत्रका यी सडक आज बन्द

काठमाडौँ । आज पशुपति क्षेत्रमा चाप हुने भएकाले त्यस क्षेत्रका सडक प्रहरीले बन्द गरेको छ ।  शिवरात्रि पर्वमा दर्शनार्थीको चापलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले विभिन्न केही रूटहरूको आवागमन बन्द गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिवरात्रि पर्वका कारण पशुपति क्षेत्रमा दर्शनार्थी र भक्तजनको संख्या बढ्ने भएकाले आसपासका सडक ट्राफिकले बन्द गराएको छ भने कतिपय सडकमा सवारी डाइभर्सन गरिएको छ।

Ncell
Extreme Energy

ट्राफिक प्रहरीकाअनुसार बुधबारका लागि चाबहिलबाट गौशाला हुँदै पुरानो बानेश्वरतर्फ जाने मूल सडक बन्द गरिएको छ। त्यस्तै रातोपुल–तिलगंगा खण्ड पनि बन्द गरिएको छ।

मित्रपार्क–गौरीघाट, सिफल–जयबागेश्वरी, गोल्डेनगेट कलेज, काभ्रेडेरी, भीमसेन गोला, सिनामंगल हुँदै गौशालातर्फ आउने भित्री सडकहरू पनि आजका लागि बन्द गरिएको छ। त्यस्तै चाबहिल चोकबाट दक्षिणतर्फ जाने सबै सहायक बाटाहरू पनि बन्द गरिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै शिवरात्रि पर्वकै लागि नेपाल प्रहरीले पार्किङकोसमेत व्यवस्थापन गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...