नेभिगेशन
सबै कुरा

क्योउदाईन्यूजका प्रधानसम्पादक दीपक गौतमलाई धम्की दिनेलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ । जापानबाट सञ्चालित नेपाली अनलाइन न्यूज ‘क्योउदाईन्यूज’का प्रधानसम्पादक दीपक गौतमलाई धम्की दिनेलाई कानुनी कारबाही गर्न पत्रकार महासंघले माग गरेको छ । समाचारको विषयलाई लिएर प्रधानसम्पादक गौतमलाई धम्की दिने केबीएल इन्टरनेसनल कम्पनीका अध्यक्ष कुमार कार्कीलाई कारबाही गर्न महासंघले माग गरेको हो । 

महासंघका अनुसार सो अनलाइनले केबीएल इन्टरनेसनल कम्पनीको बदमासीबारे समाचार प्रकाशित गरेको थियो । महासंघका अनुसार उक्त कम्पनीले नक्कली सिओइ बनाइ नेपालबाट जापान मान्छे पठाउने गरेको विषयमा क्योउदाईन्यूजमा समाचार प्रकाशित भएको थियो । सोही निहुँमा फागुन १२ गते कम्पनीका अध्यक्ष कार्कीले महासंघ जापान शाखाका सल्लाहकारसमेत रहेका गौतमलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिँदै भ्वाइस मेजेस पठाएका हुन् । 

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जाने प्रावधान रहँदा रहँदै सो अभ्यासविपरीत पत्रकारलाई धम्क्याउने कदमलाई महासंघले खेद प्रकट गरेको छ । त्यस्तै सो कदमले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको र प्रेस स्वतन्त्रताविरोधी उक्त हर्कतको महासंघले कडा भर्त्सना गरेको छ । 

त्यस्तै पत्रकार महासंघ नेपालले धम्की दिनेमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ संविधानप्रदत्त प्रेसको अधिकारको पूर्ण र सुरक्षित उपभोगको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

रास्वपाले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारसँग माग गर्ने

बैठकले लुम्विनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्विनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठेरा लगाएतका बिषयलाई सदनममा लैजाने निर्णय गरेको छ भने प्रवासी नेपालीहरुको मताधिकारको व्यवस्थाको कार्यान्वयनका लागि समेत सरकारसँग माग...
प्रधानमन्त्री कार्यालयको खर्च घट्यो

प्रधानमन्त्री कार्यालयको खर्च घट्यो

अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले गरेको खर्चको अनुपातभन्दा यस सरकारले आफ्नो कार्यालयभित्र विनियोजन भएको बजेट शीर्षकमा व्यापक सुधार गरी खर्च कटौती गरेको छ ।
एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप

एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेका तीन आरोप

एक्सप्लेनरः यि हुन् अख्तियार प्रमुुख प्रेमकुुमार राईमाथि लागेको तीन आरोप
रास्वपा संसदीय दलको बैठक सकियो

रास्वपा संसदीय दलको बैठक सकियो

सांसद सविता गौतमका अनुसार अहिले छलफलमा रहेको विधेयकहरूमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता देखिएकाले रास्वपाका सांसदहरूले गहिरो अध्ययन गरी छलफल गर्ने निर्णय गरेको हो । बैठकले संसद्मा भिजिट भिसालाई...