नेभिगेशन
सबै कुरा

क्योउदाईन्यूजका प्रधानसम्पादक दीपक गौतमलाई धम्की दिनेलाई कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौँ । जापानबाट सञ्चालित नेपाली अनलाइन न्यूज ‘क्योउदाईन्यूज’का प्रधानसम्पादक दीपक गौतमलाई धम्की दिनेलाई कानुनी कारबाही गर्न पत्रकार महासंघले माग गरेको छ । समाचारको विषयलाई लिएर प्रधानसम्पादक गौतमलाई धम्की दिने केबीएल इन्टरनेसनल कम्पनीका अध्यक्ष कुमार कार्कीलाई कारबाही गर्न महासंघले माग गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अनुसार सो अनलाइनले केबीएल इन्टरनेसनल कम्पनीको बदमासीबारे समाचार प्रकाशित गरेको थियो । महासंघका अनुसार उक्त कम्पनीले नक्कली सिओइ बनाइ नेपालबाट जापान मान्छे पठाउने गरेको विषयमा क्योउदाईन्यूजमा समाचार प्रकाशित भएको थियो । सोही निहुँमा फागुन १२ गते कम्पनीका अध्यक्ष कार्कीले महासंघ जापान शाखाका सल्लाहकारसमेत रहेका गौतमलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारबाहीको धम्की दिँदै भ्वाइस मेजेस पठाएका हुन् । 

Ncell
Extreme Energy

कुनै पनि सञ्चारमाध्यममा प्रकाशित समाचारमा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जाने प्रावधान रहँदा रहँदै सो अभ्यासविपरीत पत्रकारलाई धम्क्याउने कदमलाई महासंघले खेद प्रकट गरेको छ । त्यस्तै सो कदमले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको र प्रेस स्वतन्त्रताविरोधी उक्त हर्कतको महासंघले कडा भर्त्सना गरेको छ । 

त्यस्तै पत्रकार महासंघ नेपालले धम्की दिनेमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ संविधानप्रदत्त प्रेसको अधिकारको पूर्ण र सुरक्षित उपभोगको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन् । यो गत चैत...