नेभिगेशन
सबै कुरा

‘मलाई हटाउने अधिकार मन्त्रालयलाई छैन’ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने अधिकार मन्त्रालयलाई नभएको बताएका छन् । ऊर्जा मन्त्रालयले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ पठाउँदै उनले आफू मन्त्रीपरिषदबाट नियुक्त भएका कारण मन्त्रालयले हटाउन नमिल्ने बताएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मंगलबार मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई मन्त्रालयले गत मंगलबार तपाईँलाई किन नहटाउने भन्दै प्रश्न गरेको थियो । त्यसको जवाफ पठाउँदै घिसिङले आफूलाई हटाउन मन्त्रालयलाई अघिकार नभएको बताएका हुन् । ‘म नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७८/०४/२५ को निर्णायानुसार नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १७ (१) बमोजिम ४ वर्षको निम्ति नियुक्त भएको हुँ। निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६, नेपाल सरकारको कार्य सञ्चालन नियमावली, २०६४ को नियम २१ (अनुसूची–१ को क्र.स. ३३) र नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २४ बमोजिम मन्त्रालयलाई नभएको व्यहोरा पुनः निवेदन गर्दछु।’, स्पष्टीकरणमा भनिएको छ । 

Ncell
Extreme Energy

उनले बुझाएको ५ पेज लामो स्पष्टीकरणमा कसुर यकिन समेत नभएको र कसुर नै यकिन नभएको गोश्वारा आरोपमा कारबाही गर्न नमिल्ने बताएका छन् । ‘क्षेत्राधिकारको उक्त बुँदाको अतिरिक्त नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक वा महाप्रवन्धकको सेवा शर्त तथा सुविधा सम्वन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारवाही गर्न लागिएको हो ? तहाँबाट कसुर नै एकिन नभएको स्पष्टिकरणबाटै प्रकट भएको छ। स्पष्टिकरणमा कसुर एकिन नगरी गोश्वरा आरोपमा कारवाही गर्न मिल्दैन।’, घिसिङले भनेका छन् । 

त्यस्तै उनले आफूमाथि लगाइएका आरोपहरु मनोगत भएको र आफ्नो नियुक्ति पश्चातको प्रगतिको सूचकांकले सबै प्रगति उजागर गर्ने बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको पावन अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।
चाडपर्वमा सडक अवरोध हुन नदिन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ– मन्त्री लम्साल

चाडपर्वमा सडक अवरोध हुन नदिन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ– मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले चाडपर्वका बेला सडक अवरोध हुन नदिन जोखिमयुक्त सडक खण्डमा हेभी डोजर, लोडरलगायत उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएकाे बताएका छन्।
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

भर्खरै