नेभिगेशन
सबै कुरा

नेविसंघका दुई गुटबिच झडप, २ जना घाइते

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई गुटबिच झडप भएको छ। देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच झडप हुँदा २ जना घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घाइते हुनेमा नेविसंघका मोरङ जिल्ला सभापति सरोज पोखरेल र सदस्य आयुष दाहाल रहेका छन् । उनीहरुको नोबेल अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरु डा शेखर कोइराला पक्षधर हुन् । 

Ncell
Extreme Energy

स्ववियु निर्वाचन नजिकिँदै गरेका कारण बिहिबार बिहानदेखि नै उनीहरु क्याम्पसमा क्याम्पस इकाइ गठन गर्न पुगेका थिए । निर्वाचनलाई लिएर पछिल्ला केही दिनयता २ पक्षबीच विवाद भइरहेको थियो । विवादकै बिच बिहिबार भागबण्डा नमिल्दा उनीहरुमाथि कुटपिट भएको बताइएको छ । 

उनीहरुमाथि क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल नेतृत्वको टिमले कुटपिट गरेको आरोप छ । उनीहरुले हातहतियारसहित कुटपिटमा उत्रिएको कोइराला पक्षको आरोप छ । 

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

दशैँको मुखमा कारागारका कैदीबन्दीलाई रामहरि खतिवडाले दिए खसी

नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको पावन अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।
चाडपर्वमा सडक अवरोध हुन नदिन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ– मन्त्री लम्साल

चाडपर्वमा सडक अवरोध हुन नदिन उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको छ– मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले चाडपर्वका बेला सडक अवरोध हुन नदिन जोखिमयुक्त सडक खण्डमा हेभी डोजर, लोडरलगायत उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएकाे बताएका छन्।
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

भर्खरै