नेभिगेशन
सबै कुरा

सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न लोकसेवा आयोग सक्षम छ : अध्यक्ष रेग्मी

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा अध्यक्ष रेग्मीले देशभर नै सरकारलाई आवश्यक परेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका हुन् । उनले सरकारले माग गरेको कर्मचारीलाई पूर्ति गर्ने काम आयोगले गरिरहेको भन्दै आयोगले आफुखुसी कर्मचारी माग्ने काम नगरेको बताए । 

रेग्मीले आयोगका आफ्नै सिद्धान्त रहेकाले मायादयाका आधारमा काम गर्न नसक्ने धारणा राखे । केन्द्रमा लोकसेवा आयोग हँुदाहुदै प्रदेशमा लोकसेवा स्थापना गर्नुपर्ने कारणबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

उनले प्रदेश लोकसेवा आयोगले अस्थायी, करार, ज्यालादारीरुपमा कर्मचारी नियुक्ति गर्न नसक्ने उल्लेख गरे । अध्यक्ष रेग्मीले देशैभर एउटै निकायले कर्मचारी व्यवस्थापन गर्न सके एकै खालको सुशासन कायम हुने र त्यही अनुसार कामको गुणस्तर हुने जिकिर गरे । 

लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा समिति सदस्यहरुले समावेशी सिद्धान्तका आधारमा भर्ना छनौट विधिप्रति जिज्ञासा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै