नेभिगेशन
सबै कुरा

सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न लोकसेवा आयोग सक्षम छ : अध्यक्ष रेग्मी

काठमाडौँ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा अध्यक्ष रेग्मीले देशभर नै सरकारलाई आवश्यक परेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका हुन् । उनले सरकारले माग गरेको कर्मचारीलाई पूर्ति गर्ने काम आयोगले गरिरहेको भन्दै आयोगले आफुखुसी कर्मचारी माग्ने काम नगरेको बताए । 

Ncell
Extreme Energy

रेग्मीले आयोगका आफ्नै सिद्धान्त रहेकाले मायादयाका आधारमा काम गर्न नसक्ने धारणा राखे । केन्द्रमा लोकसेवा आयोग हँुदाहुदै प्रदेशमा लोकसेवा स्थापना गर्नुपर्ने कारणबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

उनले प्रदेश लोकसेवा आयोगले अस्थायी, करार, ज्यालादारीरुपमा कर्मचारी नियुक्ति गर्न नसक्ने उल्लेख गरे । अध्यक्ष रेग्मीले देशैभर एउटै निकायले कर्मचारी व्यवस्थापन गर्न सके एकै खालको सुशासन कायम हुने र त्यही अनुसार कामको गुणस्तर हुने जिकिर गरे । 

लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा समिति सदस्यहरुले समावेशी सिद्धान्तका आधारमा भर्ना छनौट विधिप्रति जिज्ञासा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

भर्खरै