नेभिगेशन
सबै कुरा

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः प्रचण्ड

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् । 

जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उहाँले मधेश आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गरे। 

अध्यक्ष दाहालले सक्कली मधेशवादी आफ्नै दल भएको दाबी गरे। सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको उनको आरोप थियो ।

“हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायौँ तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए”, अध्यक्ष प्रचण्डले भने,“ विगतमा जे भए पनि अब माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।”

उनले मधेशको मुद्दा उठान पार्टीले अभियान सुरु गरेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाउपा विवादः असन्तुष्ट पक्षद्वारा रेशम चौधरीका बाबु लालवीर चौधरीलाई अध्यक्षमा चयन

नाउपा विवादः असन्तुष्ट पक्षद्वारा रेशम चौधरीका बाबु लालवीर चौधरीलाई अध्यक्षमा चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ । बिहीबार काठमाडौँमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउदै चौधरीलाई अध्यक्ष चयन...
लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र...
साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले के के गर्याे निर्णय ?

साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले के के गर्याे निर्णय ?

त्यसैगरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब रु १८ अर्ब ९२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार...