नेभिगेशन
सबै कुरा

माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः प्रचण्ड

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उहाँले मधेश आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गरे। 

Ncell
Extreme Energy

अध्यक्ष दाहालले सक्कली मधेशवादी आफ्नै दल भएको दाबी गरे। सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको उनको आरोप थियो ।

“हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायौँ तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए”, अध्यक्ष प्रचण्डले भने,“ विगतमा जे भए पनि अब माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।”

उनले मधेशको मुद्दा उठान पार्टीले अभियान सुरु गरेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।
डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना भएको छ ।
तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म तीन दिन खुल्ने भएको छ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन्।

भर्खरै