नेभिगेशन
सबै कुरा

विपिन जोशीको ठ्याक्कै अवस्था के हो थाहा छैन, राम्रो हुनेछ भन्ने आशा गरौँः आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिइ शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि भने पहल गरिरहेको बताएकी हुन् । हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तराष्ट्रिय जगतबाट पाएको उनले बताइन् । 

Ncell
Extreme Energy

त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग विपिनको अवस्थाबारे प्रतिक्रिया दिदै उनले भनिन्, ‘विपिनको ठ्याक्कै अवस्था के हो भन्नुभएको छैन । पहल भएको भन्नेचाहीँ सबै जनालाई थाहा छ । र उहाँहरुले नोटिस पनि गर्नुभएको छ । यहाँ मात्रै होइन बेलायतमा भएका हाम्रो राजदूतलाई पनि बेबेला खबर गर्नुहुँदो रहेछ । तपाईँहरुको नेपालीलाई यदि त्यहाँ छन् भने रिहा गराउँछौ भन्नुभएको छ । राम्रो हुनेछ भन्ने आशा गरौँ ।’ 

त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन् । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिवद्धताका बिषयमा जानकारी गराइएको उनले बताइन् ।

उनले जेनेभामा रहदा बिभिन्न देशका बिदेशमन्त्रीहरुसंग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन् । मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।
डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना भएको छ ।
तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म तीन दिन खुल्ने भएको छ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन्।

भर्खरै