नेभिगेशन
सबै कुरा

सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने गृहमन्त्रीको दाबी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दावी गरेका छन् । 

शुक्रबार काठमाडौँमा नेशनल प्याव्सनको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाई भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दावी गरेका हुन् ।

‘अब सदनमा पनि निश्चित समयावधिभित्र विधानको कामलाई सक्काउनैपर्ने व्यवस्था गरेर कानुन बनाउने विषयमा हाम्रो प्राथमिकता रहेको छ ।’, गृहमन्त्री लेखकले भने, ‘कांग्रेस, माओवादी, एमाले, रास्वपाले एकै कुरा भनिसकेपछि धेरै समस्या छ जस्तो मलाई लाग्दैन । विषयअनुरुप यो विधेयक पास हुन्छ ।’

उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए । अहिलेको समीकरण केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए । उनले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे । गृहमन्त्री लेखकले शिक्षा विधेयकलाई समयमा नै पारित गरि शिक्षा क्षेत्रको कानूनी र नीतिगत सुधार गर्ने बताए ।

मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाई भएकाले निश्चित समयावधिभित्र विधायनका बिषयलाई टुङ्गाउने गरि काम गर्ने धारणा राखे । उनले नीजि वा आवासिय विद्यालयका कारण सार्वजनिक वा सामूदायिक विद्यालयको गुणस्तर नघटने जिकिर गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै