नेभिगेशन
सबै कुरा

सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने गृहमन्त्रीको दाबी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दावी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार काठमाडौँमा नेशनल प्याव्सनको ८ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री लेखकले प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाई भएको भन्दै समयभित्रै अध्यादेशलाई अघि बढाउने र सदनले स्वीकार गर्ने दावी गरेका हुन् ।

Ncell
Extreme Energy

‘अब सदनमा पनि निश्चित समयावधिभित्र विधानको कामलाई सक्काउनैपर्ने व्यवस्था गरेर कानुन बनाउने विषयमा हाम्रो प्राथमिकता रहेको छ ।’, गृहमन्त्री लेखकले भने, ‘कांग्रेस, माओवादी, एमाले, रास्वपाले एकै कुरा भनिसकेपछि धेरै समस्या छ जस्तो मलाई लाग्दैन । विषयअनुरुप यो विधेयक पास हुन्छ ।’

उनले मुलुकमा सुशासन कायम गर्न र आर्थिक अवस्थालाई चलायमान बनाउन अध्यादेश ल्याएको बताए । अहिलेको समीकरण केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नबनेको उनले बताए । उनले देशमा दिगो शान्ति, सुशासन र समृद्धिको यात्रा तय गर्न अहिलेको गठबन्धन बनेको उल्लेख गरे । गृहमन्त्री लेखकले शिक्षा विधेयकलाई समयमा नै पारित गरि शिक्षा क्षेत्रको कानूनी र नीतिगत सुधार गर्ने बताए ।

मन्त्री लेखकले संघीय संसदमा विधेयकलाई अघि बढाउन ढिलाई भएकाले निश्चित समयावधिभित्र विधायनका बिषयलाई टुङ्गाउने गरि काम गर्ने धारणा राखे । उनले नीजि वा आवासिय विद्यालयका कारण सार्वजनिक वा सामूदायिक विद्यालयको गुणस्तर नघटने जिकिर गर्नुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

भर्खरै