नेभिगेशन
सबै कुरा

सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्छौँः उपेन्द्र यादव

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भूमिसम्बन्धी अध्यादेशका बिषयमा वौद्धिक पेशाकर्मी महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको अन्तक्रियामा उनले भूमिसम्बन्धी अध्यादेश देशमा हितमा नरहेको भन्दै सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग समेत गरे । भूमि अध्यादेश पारित गर्न बिचौलियाहरुले अरर्वौको चलखेल गर्न खोजेको आफुले सुनेको उनले बताए । वन विनास गरेर देशलाई मरुभूमिकरण गर्ने कानून स्वीकार्य नहुने भन्दै उनले अध्यादेशले वास्तविक भूमिहिनको समस्या समाधान समेत गर्न नसक्ने धारणा राखे । 

अध्यक्ष यादवले भूमि आयोगको नियत भूमिहिनको समस्या समाधान गर्न भन्दा पनि भू–माफीयामार्फत अनुचित लाभका लागि देशलाई बर्वाद गर्ने तर्फ देखिएको तर्क गरे । 

उनले सरकारको ध्यान गरिवी समस्या समाधान गर्नुभन्दा पनि बिचौलियासंग मिलेर पार्टी फुटाउनेमा केन्द्रीत रहेको आरोप लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ?

शिक्षामा बालेनले कसरी गरे क्रान्ती ? "Balen's Formula for an Education Revolution"
मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

मनोहराकाे सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डाेजर चलायो (तस्विरहरु)

सुरक्षाको लागि नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो। खोलाको किनारमा रहेका घर टहरा अवैध भएको र सरकारी स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो क्षेत्रमा बस्ती...
चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

चार संसदीय समितिको बैठक बस्दै,विवादित भूमि विधेयक देखि कैलाली कारागार प्रकरणमा गृहमन्त्रीलाई साेधपुछसम्मकाे कार्यसूची

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिमा कैलाली कारागारमा यही साउन...

भर्खरै