नेभिगेशन
सबै कुरा

ट्रम्प र जेलेन्स्कीबीच तनावपूर्ण भेटवार्ता, सम्झौता गर्न पुगेका जेलेन्स्कीलाई जब ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो

शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच तनावपूर्ण भेटवार्ता भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्यक्ष प्रसारण गरिएको भेटवार्तामा ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी गर्दै जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप लगाएका थिए । जवाफमा जेलेन्स्कीले भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौँ।’

Ncell
Extreme Energy

साथै ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने अमेरिका यो युद्धबाट बाहिरिने चेतावनी दिएका थिए । युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौतामा हस्ताक्षर गर्न भनेर युक्रेनी राष्ट्रपति जेलेन्स्की शुक्रबार ट्रम्प भेट्न अमेरिका पुगेका थिए । तर वार्ता सकरात्मक नभएपछि उक्त सम्झौता असफल भएको छ।

बैठकपछि अपमानपूर्वक जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइएको थियो ।डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच तनावपूर्ण भेटवार्ता चलिरहँदा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले अत्यन्तै तनावग्रस्त देखिएकी थिइन् । 


उनले आफ्नो निधार र अनुहारमा हात राखिरहेकी थिइन् । बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जेलेन्स्कीविरुद्ध विभिन्न आरोप लगाएका छन्। ट्रम्पले भनेका छन्, ‘बैठकमा धेरै कुराहरू आए। तर राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ। मलाई कुनै फाइदा चाहिँदैन, म केवल शान्ति चाहन्छु।’

ट्रम्पले जेलेन्स्कीले अमेरिकाको अपमान गरेको आरोप पनि लगाएका छन्।उनले अगाडि भनेका छन्, ‘यदि उनी शान्ति चाहन्छन् भने फेरि फर्केर यहाँ आउन सक्छन्।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।
सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशका सुन्दरी (ब्युटी) प्रतियोगिताहरूमाथि पूर्ण रूपमा रोक लगाउँदै युवतीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रवर्द्धन गर्ने नयाँ अभियान सुरु गरेको छ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।