नेभिगेशन
सबै कुरा

प्रचण्डले भेटे रिङ्कु सदाको परिवार, न्याय दिलाउन सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि  उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुगेका थिए । 

Ncell
Extreme Energy

आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गरेर सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।
डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

डोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना भएको छ ।
तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म तीन दिन खुल्ने भएको छ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ घरबाटै पक्राउ

जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन्।