नेभिगेशन
सबै कुरा

प्रचण्डले भेटे रिङ्कु सदाको परिवार, न्याय दिलाउन सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि  उनी मृत फेला परेकी थिइन् । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुगेका थिए । 

आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नाउपा विवादः असन्तुष्ट पक्षद्वारा रेशम चौधरीका बाबु लालवीर चौधरीलाई अध्यक्षमा चयन

नाउपा विवादः असन्तुष्ट पक्षद्वारा रेशम चौधरीका बाबु लालवीर चौधरीलाई अध्यक्षमा चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को असन्तुष्ट पक्षले लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ । बिहीबार काठमाडौँमा बसेको नाउपा असन्तुष्ट पक्षको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाउदै चौधरीलाई अध्यक्ष चयन...
लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ

लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र...
साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले के के गर्याे निर्णय ?

साउन १२ गते बसेकाे मन्त्रिपरिषद् बैठकले के के गर्याे निर्णय ?

त्यसैगरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब रु १८ अर्ब ९२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार...