नेभिगेशन
सबै कुरा

कटारीमा जन्मिएका प्रधानन्यायाधीश राउतलाई सम्मान, सडक र मेडिकल कलेज निर्माणका लागि भूमिका खेल्न आग्रह

उदयपुर । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलाई शुक्रबार उदयपुरको कटारीमा  सम्मान गरिएको छ ।  कटारी नगरपालिका ,विद्यार्थी समाज काठमाडौ र उदयपुर उधोग बाणिज्य संघ कटारीले संयुक्त रूपमा राउतलाई सम्मान गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कटारी जन्म थलो रहेका  राउत विभिन्न कार्यक्रममा सरिक हुन बिहीबार उदयपुर आएका राउतलाई  शुक्रबार त्रिवेणी माविको सभा हलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सम्मान गरिएको हो। कटारी नगरपालिका, कटारी विद्यार्थी समाज काठमाण्डौं, उदयपुर उधोग बाणिज्य संघ कटारी, कटारी चेम्बर अफ कमर्स ,कटारी नगरपालिका ३ नम्बर वडा कार्यालय, जनता कालिका मावि सोरुङ्ग, सोरुङ्ग बासिको तर्फबाट प्रकाश थापा,त्रिवेणी मावि परिवारले सम्मान गरेको हो। सम्मान गर्दै  प्रधान न्यायाधीश राउतलाई मायाको चिनो समेत प्रदान गरिएको छ । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राम कुमार खत्री, नारायण बुर्जा  मगर, उप प्रमुख गीता खड्का, पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठ, त्रिवेणी माविका प्रधानध्यापक बालकृष्ण कार्की, पूर्व शिक्षक ईश्वर निरौला, उदयश्री बहुमुखी क्याम्पस प्रमुख मुकेश कुमार थापा,प्राध्यापक खेमराज दाहाल, डा। राम प्रसाद दाहाल, प्रशासकिय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल , वरिष्ठ अधिवक्ता तथा कटारी विद्यार्थी समाज काठमान्डौंका अध्यक्ष शम्भु थापाले शुभकामना मन्तब्य राखेका थिए।

Ncell
Extreme Energy

नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले  कटारीमा जन्मिएर प्रधानन्यायाधीश बनेकोमा कटारीबासी निकै हर्षित भएको बताए । उनले राउतको कार्यकाल सुखद र सफल रहनेमा विश्वास रहेको बताए । 

त्रिवेणी माविमा पढेर आज देशको उच्च पदस्थमा पुगेका राउत यो क्षेत्रको विद्यार्थीको लागि प्रेरणाको स्रोत बनेको कोशी प्रदेश सभा सदस्य  तथा पूर्व मन्त्री राम कुमार खत्रीले बताए। 

प्रधानन्यायाधीश राउतले आफ्नो जन्म थलोमा सम्मानित हुन पाउदा निकै खुशी लागेको बताए । आफू काठमाण्डौं बसे पनि मेरा मन भने सधै आफू जन्मेको ठाउमै रहेको उनले बताए । ‘तपाईँहरुले गर्नु भएको सम्मानले आफुलाई थप आफ्नो जिम्मेवारी प्रति कर्तब्बोघ गराएको छ’, राउतले भने । प्रधानन्यायाधीश राउत त्रिवेणी माविका पूर्व विद्यार्थीसमेत हुन् ।

प्रधानन्यायाधीशसँग बाटो र मेडिकल कलेजको  माग

प्रधानन्यायाधीश लाई सम्मान गर्ने कार्यक्रममा अधिकाँस वक्ताले मिर्चैया–कटारी– घुर्मि सडक स्तरउन्नती र कटारीमा मेडिकल कलेजको लागि पहल गरिदिन अनुरोध गरेका छन् । सडक स्तर उन्नति र मेडिकल कलेजको लागि भूमिका रहनेमा आशाबादी रहेको बताउँदै  कटारी विद्यार्थी समाज काठमाण्डौं अध्यक्ष शम्भु थापाले भने ‘हाम्रो प्रयासले मात्र भएन तपाईं पनि यही ठाउँमा जन्मेर हुर्केर अहिले उच्च पदस्थ  हुनुहुन्छ । हजुरको कुरा संघीय सरकारले सुन्छ ।’ 

सम्मान कार्यक्रममा  जिल्ला समन्वय प्रमुख, जिल्ला समन्वय सदस्य ,कटारी र  उदयपुर गढिका जनप्रतिनिधि , जिल्ला न्यायाधीश,  बुद्धिजीवी , ब्यापारी , राजनैनिक दलका नेता कार्यकर्ता , कर्मचारी , विद्यार्थी र  सर्बसाधारणको उपस्थिति रहेको थियो ।

प्रधानन्यायधिस राउतले शुक्रबार नै कटारी नगरपालिका वडा नम्बर ३ मा रहेको ताराघारी महादेव गुफाको अवलोकन गरेका थिए । गुफाको अवलोकन गर्दै प्रधानन्यायधिस राउतले गुफाको बारेमा जानकारी लिएका थिए  ।

सोही अवसरमा गुफा परिसरमा निर्मित व्याडमिन्टन कोर्टको प्रधानन्यायाधीश राउतले उद्घाटन समेत गरेका थिए।

कोशी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व उद्योग तथा कृषि सहकारी मन्त्री रामकुमार खत्रीसँग व्याडमिन्टन खेल्दै प्रधानन्याधिस राउतले कोर्टको उद्घाटन समेत गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

रास्वपाको ‘उद्‍गम’ चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशनले जिल्लावासी उत्साहित

सो पार्टीका सभापति रवि लामिछाने तीनपटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित हुँदै आएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति...
यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

यस कारण महत्त्वपूर्ण छ रास्वपाको चितवन महाधिवेशन

रवि र रास्वपाको जीवनमा चितवनको बेग्लै महत्व छ, बेग्लै सम्बन्ध छ । रवि संकटमा पर्दा चितवनले उनलाई साथ दिइरहेको छ । चितवनका जनता रविप्रति यति ‘क्रेजी’ छन् कि...