नेभिगेशन
सबै कुरा

‘औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’–स्वास्थ्यमन्त्री

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो ।” उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताएका छन् । सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ । तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे ।

Ncell
Extreme Energy

चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको र त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको भनाइ छ । 

बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको र जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ । इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

भर्खरै