नेभिगेशन
सबै कुरा

गुठी पीडित किसान र प्रहरीबिच झडप, सिंहदरबारका डीएसपी घाइते

काठमाडौँ । काठमाडौँमा गुठी पीडित र प्रहरीबिच झडप हुँदा डीएसपी घाइते भएका छन् । आइतबार दिउँसो नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबिच झडप हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झडप हुँदा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छ्न् । उनको टाउकोमा चोट लागेको छ । फिल्डमा खटिएको क्रममा टाउको फुटेपछि उनलाई नजिकैको सिभिल अस्पतालको इमरजेन्सीमा लगेर उपचार गराइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । त्यस्तै दोहोरो झडपमा केही प्रदर्शनकारी पनि घाइते भएका छन् ।

Ncell
Extreme Energy

आफूहरुको मागप्रति सरकार अनुदार देखिएको भन्दै पछिल्लो समय गुठीका किसान काठमाडौँकेन्द्रित आन्दोलनमा छन् । आइतबार पनि आन्दोलनका लागि बानेश्वर पुगेका उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । सोही क्रममा झडप भएको हो । 

सरकारले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेको छ ।

२०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो । सो सहमति अनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया शुरू गर्ने उल्लेख गरिएको थियो ।

तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले काठमाडौँ केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । स्वर्गद्वारी गुठीपीडित मोही किसानहरुले आफूहरुले मोही पूर्जा प्राप्त गरेपनि जमिन प्राप्त हुन नसकेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताउँदै आएका छन् । उनीहरु सरकारले आफुहरुसँग यसअघि गरेको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलाममा धारिलो हतियार प्रहार गरी ५५ वर्षीय पुरुषको हत्या

इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ।
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।
फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

फूलपातीको रौनक : कतै घर फर्किनेको भीड, कतै मन्दिरमा भक्तजनको घुइँचो

बडादसैँको फूलपातीका दिन शनिबार देशभर दसैँको रौनक छाएको छ। दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चहलपहल बढेको छ भने विभिन्न शक्तिपीठ र मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको घुइँचो...
उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति यादवको शुभकामना : दसैँले सद्भाव र राष्ट्रिय एकताको भावना बलियो बनाओस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विजयादशमीले विभाजन र वैमनस्यभन्दा माथि उठेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र सहअस्तित्वको भावना बलियो बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

भर्खरै