नेभिगेशन
सबै कुरा

प्रशासकीय अधिकृत नपठाएको भन्दै नगरप्रमुखले नै लगाए पालिका र वडामा ताला, साँचो सिडिओलाई जिम्मा

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रशासनिक कामकाज ठप्प भएको भन्दै नगरपालिकाले वडा र पालिकामा तालाबन्दी गरेको छ । नगरपालिकाका प्रमुख संजिवकुमार साहले आफूलगायत सबै वडा कार्यालय बन्द गरेर साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।  

नगरप्रमुख साहले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि नगरपालिकाका सम्पूर्ण प्रशासनिक कामकाज प्रभावित भएको भन्दै कार्यालयमा ताला लगाएका हुन् । त्यस्तै लामो समयदेखि प्रमुख प्रशासकीय अघिकृत नहुँदा कयौँ योजनाहरु अलपत्र परेको उनी बताउँछन् । करिब डेढ महिनादेखि नगरपालिका प्रशासकीय अधिकृतविहिन हुँदा मेला महोत्सव, उपचार छूट सिफारिस, टेण्डर प्रक्रिया, विकास निर्माणका कार्यहरु प्रभावित भएका छन्,’, नगरप्रमुख शाहले सिधाकुरासँग भने, ‘यस विषयमा मन्त्रालयलाई जानकारी गराएपनि अधिकृत पठाएको छैन । सम्पूर्ण कामकाज रोकिएपछि कार्यालय खोलेर के काम ?’

CG

सेवाग्राहीलाई सहज प्रशासनिक सेवा प्रवाह नहुँदा जनगुनासो बढेको भन्दै आफूहरुले बाध्य भएर प्रमुख जिल्ला अधिकारीलाई पालिकाको आधिकारिक साँचो बुझाएको नगरप्रमुखले जानकारी दिएका छन । उनले आफूले तीन पटकसम्म मन्त्री र सचिवलाई भेटेरै उपसचिव पठाईदिन अनुरोध गरेपनि उनीहरुले आफूहरुको मागलाई अन्देखा गरेको गुनासो गरे । 

त्यस्तै उनले पालिकामा वरिष्ठताको आधारमा निमित्त अधिकृत तोकेको ४ दिनमै उपसचिवलाई हाजिर गराउने भनिएपनि १५ दिन बित्दासमेत अधिकृत सम्पर्कमा नआएको बताए । संघीय सरकारले नै स्थानीय सरकार सञ्चालन गर्न सहयोग नगरेपछि नेपाल सरकारको प्रतिनिधत्व गरिरहेका प्रमुख जिल्ला अधिकारीलाई साँचो बुझाएको नगरप्रमुख शाह बताउँछन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृततको टुङ्गो नलागेसम्म नगरपालिकाको सबै कामकाज बन्द गर्ने नगरप्रमुख संजिवकुमार साहले बताए । 

यस विषयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आफूले सो विषय गृह मन्त्रालय र संघिय मामिला मन्त्रालयमा जानकारी गराइसकेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...