नेभिगेशन
सबै कुरा

ओली सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको उपेन्द्र यादवको आरोप

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबारबाट ललितपुरमा सुरु जसपा नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष यादवले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका हुन् । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण भएको उनको प्रतिवेदनमा उल्लेख छ ।

Ncell
Extreme Energy

त्यस्तै अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमा सत्तामा टिकिरहने गतिविधिले उत्पन्न भएका अविश्वासका कारण प्रचण्ड नेतृत्वको सरकार पतन भएको उल्लेख गरेका छन् । त्यसपछि ठूला दल मिलेर बनेको सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित रहेको देखिएको उनले बताए । सरकारप्रति जनतामा नैरास्यता बढ्दै गएको भन्दै अध्यक्ष यादवले सुशासन कायम गर्न र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्नका लागि ठोस नीति कार्यक्रम तथा योजना नदेखिएको जिकिर गरेका छन् ।  राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले वर्तमान सरकार असफल र असक्षम सावित भइसकेको अध्यक्ष यादवको ठहर छ ।

उनले संसदमा प्रस्तुत गरिएको ६ वटा विधयेक मध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेकाले भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको जनाएका हुन् । तीन दिनसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभिायानको समीक्षा हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

बैठकमा अभियानमा परिचालित नेताहरुले कार्यप्रगति विवरण प्रस्तुत गर्ने र त्यसपछि आगामी कार्यक्रम तय गरिने जसपा नेपालले जनाइएको छ । त्यस्तै जसपा नेपालका भातृ संस्था लगाएत बिभिन्न कमिटीको अधिवेशनका समेत बैठकमा छलफल हुने प्रवक्ता सुमनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

भर्खरै