नेभिगेशन
सबै कुरा

ओली सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको उपेन्द्र यादवको आरोप

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका छन् । 

आइतबारबाट ललितपुरमा सुरु जसपा नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष यादवले केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको आरोप लगाएका हुन् । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण भएको उनको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै अध्यक्ष यादवले राजनीतिक प्रतिवेदनमा सत्तामा टिकिरहने गतिविधिले उत्पन्न भएका अविश्वासका कारण प्रचण्ड नेतृत्वको सरकार पतन भएको उल्लेख गरेका छन् । त्यसपछि ठूला दल मिलेर बनेको सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित रहेको देखिएको उनले बताए । सरकारप्रति जनतामा नैरास्यता बढ्दै गएको भन्दै अध्यक्ष यादवले सुशासन कायम गर्न र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्नका लागि ठोस नीति कार्यक्रम तथा योजना नदेखिएको जिकिर गरेका छन् ।  राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले वर्तमान सरकार असफल र असक्षम सावित भइसकेको अध्यक्ष यादवको ठहर छ ।

उनले संसदमा प्रस्तुत गरिएको ६ वटा विधयेक मध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेकाले भूमि अध्यादेशको विरुद्धमा दृढताका साथ उभिएको जनाएका हुन् । तीन दिनसम्म चल्ने बैठकमा वर्तमान राजनीतिक परिस्थितिका साथै गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभिायानको समीक्षा हुने जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

बैठकमा अभियानमा परिचालित नेताहरुले कार्यप्रगति विवरण प्रस्तुत गर्ने र त्यसपछि आगामी कार्यक्रम तय गरिने जसपा नेपालले जनाइएको छ । त्यस्तै जसपा नेपालका भातृ संस्था लगाएत बिभिन्न कमिटीको अधिवेशनका समेत बैठकमा छलफल हुने प्रवक्ता सुमनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...