नेभिगेशन
सबै कुरा

इन्टरनेटमा राधिकाको खोजी बढ्दै थियो, तर खबर आयो मृत्युको !

कालिकोट । फागुन १० गते पत्रकार प्रकाश सिंह बाजुराको जगन्नाथ गाउँपालिकाबाट रिर्पोटिङ गरेर फर्किँर्दै थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

कर्णाली करिडोर अन्तर्गतको जुड्डीमा आइपुग्दा एक महिला सडकको छेउमा बसेर मादल बजाउँदै गित गाउँदै थिइन । उनको अघि एक पुरुष विस्तारै नाचिरहेका थिए ।

गितको बोल थियोः

‘दिलमा तिमी, तिमि नै आँखामा,

तिम्रो माया छ मेरो नसा नसामा, रगत रगतमा 

नसा नसामा हे रगत रगतमा...’ 

प्रल्हाद सुवेदीले लेखेको, कुलेन्द्र विक र विष्णु माझीले गाएको यो गितलाई  आफ्नै तरिकाले मादल बजाउँदै महिलाले गाइरहेको र पुरुष नाचिरहेको देखेर प्रकाशले बाइक रोके र फोटो र भिडियो खिचे । 

उनले क्यामेरा तेर्स्याएपछि तिनै महिला र पुरुषले प्रकाशसँग केही सहयोग गरिदिन पनि आग्रह गरे । प्रकाशले केही सहयोग पनि गरे र फर्किएर टिकटक तथा फेसबुकमा सो नाचगानको भिडियो हालिदिए । 

११ फागुनमा उनले पोष्ट गरेको भिडियो इन्टरनेटमा रातारात भइरल भयो । प्रकाशले टिकटकमा पोष्ट गरेको पहिलो भिडियो २७ लाख मानिसले हेरेका छन् भने सो भिडियोमा प्रयोगकर्ताहरुले २४ हजार ६ सय वटा भिडियो बनाएका छन् । फेसबुक र एक्समा पनि उनको भिडियो निकै रुचाइएको छ । इन्टरनेटमा भाइरल भएपछि चौतर्फी यो जोडीको खोजी सुरु भएको छ  । तर, जोडीको गाउने र बजाउने महिला अर्थात राधिका बादी भने मृत फेला परेकी छिन् ।

प्रकाशकाअनुसार जुड्डिमा यो जोडी भेटिएका थिए । उनिहरूको नाम जोगेन्द्र बादी र राधिका बादी हो । लोपाेन्मुख समुदायका उनीहरु यसैगरी गीत गाएर चहार्ने र पैसा मागेर गुजारा गर्ने गरेका थिए । 

‘मैले २०८१ फागुन १० गते खिचेको भिडियो सामाजिक सञ्जालमा ठिक १ हप्ता अगाडी अर्थात फागुन ११ गते दिउँसो राखेको थिएँ,’ प्रकाशले भने । 

विगतमा बादी समुदाय यसरी नै गुजारा गर्थे, तर पछिल्लो समय उनीहरूको कला र पेसा लोप हुँदै आएको छ । 

उनीहरुको घर बाजुराको बडिमालिका नगरपालिका २ हो । राधिकासँग जोगेन्द्रले एक बर्ष अघि मात्रै बिहे गरेका थिए ।  

पत्रकार सिंहकाअनुसार राधिका बादीको आज बिहान मृत्यु भएको हो । ४२ वर्षीया राधिका बादीको कालिकोटको पलाता गाउँपालिकाको थिरपुमा आइतवार बिहान मृत्यु भएको खबर आएको सिंहले बताए । 

कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतले पनि उनको मृत्यु पुष्टि गरे । दुई दिनदेखि बिरामी रहेको र २०८१ फागुन १८ गते बिहान मृत्यु भएको रावतले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा नयाँ पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका पुल आगामी फागुन २१ गतेसम्म सम्पन्न गर्ने...
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँमा मासु, चिल्लो पदार्थ, मिठाई र मदिराको सेवन बढ्दा मुटुरोगको जोखिम पनि बढ्न सक्ने भएकाले खानपानमा सन्तुलन र शारीरिक सक्रियतामा ध्यान दिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा...
चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ थपिएका ४१८ वटै सिट सरकारी शिक्षण संस्थालाई दिइएको बताएकी छन्।
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।

भर्खरै