नेभिगेशन
सबै कुरा

उत्तरी नाकाबाट आएका सामानको चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँचपास सुरु

काठमाडौँ । काठमाडौँको चोभरस्थित सुक्खा बन्दरगाहले उत्तरी नाकाबाट आएको सामानको पनि भन्सार जाँचपास सुरु गरेको छ । यसअघि दक्षिणी नाका वीरगञ्जबाट मात्रै कन्टेराइज्ड कार्गो र नयाँ सवारी साधनहरू भन्सार जाँच पासका लागि आउने गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबारदेखि भने तातोपानी नाकाबाट पनि आउन थालेको हो । तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि मालवाहक सवारी सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा आउन थालेका इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

Ncell
Extreme Energy

२०७८ चैत्र २२ देखि सञ्चालनमा आएको चोभारमा सुक्खा बन्दरगाहमा फागुन १५ गते बिहीबार कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको सामग्री बोकेका सवारी पहिलोपटक आएका थिए । कम्पनीको हाइड्रोपावरको सामान बोकेका ४ वटा कन्टेनरहरू भन्सार जाँचपासका लागि सीधै चोभार आइपुगेको गजुरेलले बताए । 

अर्थ मन्त्रालयले २०८१ कार्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो । 

यसअघि दक्षिणी नाकाहरू वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट ल्याउन पाइने व्यवस्था थियो ।  तातोपानी नाकाबाट समेत मालवस्तु आउन थालेपछि चोभारमा थप चहलपहल बढ्न थालेको छ । 

उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेल बताउँछन् । पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्कलगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरूले नियमित रूपमा मालवाहक सवारीसाधन चोभार आउने जानकारीसमेत दिए । त्यसैगरी आगामी दिनमा रसुवा नाकाबाट पनि सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको जनाइएको छ । 

काठमाडौँमा आयात हुने सामान र काठमाडौँ वरिपरिबाट निर्यात गर्न चोभारबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरूलाई कार्यकारी निर्देशक आशीष गजुरेलले आग्रह गरे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा नयाँ पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका पुल आगामी फागुन २१ गतेसम्म सम्पन्न गर्ने...
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँमा मासु, चिल्लो पदार्थ, मिठाई र मदिराको सेवन बढ्दा मुटुरोगको जोखिम पनि बढ्न सक्ने भएकाले खानपानमा सन्तुलन र शारीरिक सक्रियतामा ध्यान दिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा...
चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ थपिएका ४१८ वटै सिट सरकारी शिक्षण संस्थालाई दिइएको बताएकी छन्।
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।

भर्खरै