नेभिगेशन
सबै कुरा

सर्लाहीमा कारको ठक्करबाट निलगाईको मृत्यु

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा कारको ठक्करबाट एउटा निलगाई मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्बरको कारको ठककरले निलगाई मरेको हो । निलगाईसँग ठोक्किँदा कारको अगाडिपट्टीको भाग कुच्चिएको छ ।

Ncell
Extreme Energy

आज बिहान ९ बजेतिर भएको दुर्घटनापछि कार चालक सम्पर्कविहीन भएका छन् । कारको ठक्करबाट मरेको निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालयमा ल्याएर राखिएको कार्यालयका वन अधिकृत सागर बस्यालले जानकारी दिए ।

बयस्क हुनेक्रममा रहेको निलगाई कारको ठक्करबाट घटनास्थलमै मरेको बस्यालले बताए । 

कारका चालक  सम्पर्कमा आएपछि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा, फागुन २१ सम्म सक्ने लक्ष्य

पृथ्वीराजमार्गअन्तर्गत सेती नदीमाथि निर्माणाधीन दुईवटा नयाँ पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ। मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माण भइरहेका पुल आगामी फागुन २१ गतेसम्म सम्पन्न गर्ने...
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस् : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल

दसैँमा मासु, चिल्लो पदार्थ, मिठाई र मदिराको सेवन बढ्दा मुटुरोगको जोखिम पनि बढ्न सक्ने भएकाले खानपानमा सन्तुलन र शारीरिक सक्रियतामा ध्यान दिन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा...
चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

चिकित्सा शिक्षामा थपिएका ४१८ सिट सबै सरकारी शिक्षण संस्थामा : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ थपिएका ४१८ वटै सिट सरकारी शिक्षण संस्थालाई दिइएको बताएकी छन्।
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।

भर्खरै