नेभिगेशन
सबै कुरा

ठेक्का लागेको ४ वर्षसम्म पनि कालाेपत्रे भएन ७ किलोमिटर सडक, सडकमै वडा कार्यालय सञ्चालन

कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ का वडाध्यक्ष अर्जुन साउदले कालोपत्रको माग गर्दै सडकमै बसेर वडा कार्यालयको सेवा प्रवाह गरेका छन् । ठेक्का सम्झौता भएको लामो समयदेखि बंक–नायल–बुडर सडक कालोपत्रको कार्य नभएपछि वडा अध्यक्षले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयलाई दबाब दिनका लागि सडकको प्रवेश विन्दुमै टेबल राखेर आइतबारदेखि वडाको सेवा प्रवाह गरेका हुन् । कालोपत्र गर्ने कार्यको सुनिश्चितता नहुँदासम्म सडकमै बसेर सेवा प्रवाह गर्ने उनको भनाइ छ ।  

“पटक–पटक सडक स्तरोन्नती र कालोपत्रका लागि ठेक्का सम्झौताको म्याद थप्ने कार्य बाहेक सडक कालोपत्र कार्यको प्रगति हुनसकेको छैन”वडाध्यक्ष साउदले भने,“सडकका खाल्डाखुल्डी पुर्ने कार्यमै बजेट सिध्याइने गरिएको छ, त्यस भन्दा बाहेकको कार्य प्रगति हुन सकेको छैन ।” जन दबाब बढन थालेपछि सडकमै कालो ब्यानर राखेर कालोपत्रका लागि सडकमा उत्रिनु परेको उनले बताए ।

CG

धुलाम्मे सडकमा हिँडडुल गर्न निकै सास्ती हुँदै आएको स्थानीय रामनाथले बताए ।  पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले सडक कालोपत्रका लागि निर्माण व्यवसायीलाई तोकेता गर्दै आएको बताए । 

“निर्माण व्यवसायीले अश्वासन दिन्छन् कार्य गर्दैनन्” उनले भने,“यथाशीघ्र कार्य सुरु गर्नका लागि पत्राचार गरेका छौँ, एक हप्ताभित्रै कार्य सुरु गर्ने विश्वास दिएको छ ।” चैत महिनासम्म ठेक्काको म्याद थप भएकाले विचमै ठेक्का तोडेर अर्कोलाई दिन नसकिने भएकाले तोकता गर्दै आएको उनले बताए ।  सडक निर्माणका लागि सन्तोषी थेगिम जेभीसँग विसं २०७७ साउन २० गते ठेक्का सम्झौता भई विसं २०८१ वैशाखमा म्याद सकिएको थियो ।

विसं २०८२ चैत ३० गते सम्मका लागि म्याद थप भए पनि सडक स्तरोन्नती तथा कालोपत्रको कार्य अहिलेसम्म पूरा हुन सकेको छैन । सडक निर्माणको हालसम्म ३५ प्रतिशत मात्रै प्रगति भएको छ । रु एघार करोड ८६ लाखमा सात किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको चार वर्ष बिते पनि कार्य अलपत्र परेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...