नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउछौँः सामान्य प्रशासन मन्त्री

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतमाथि गरेको अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् । महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको तर प्रतिवेदन सार्वजनिक नगरेका कारण तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुरागाईँमाथि छानबिन गर्न पूर्वसचिव शंकरप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरेको तर प्रतिवेदन सार्वजनिक नगर्दा के भएको हो भन्ने अन्यौल रहेको मन्त्री गुप्ताले बताए । ‘महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न समिति बनाएको भनेको छ । तर प्रतिवेदन आएको छैन ।’, मन्त्री गुप्ताले भने, ‘एउटा प्रमुख प्रशासकीय अधिकृत हुँदाहुँदै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन मिल्दैन । महानगरले गुरागाईँमाथि गरेको छानबिनको प्रतिवेदन सार्वजनिक गरेपछि के गर्नुपर्ने हो, सो गर्छौँ ।’

Ncell
Extreme Energy

मन्त्री गुप्ताले काठमाडौँ महानगरमा मात्रै नभएर देशका विभिन्न पालिका प्रमुख प्रशासकीय अधिकृत नरहेको र सो पालिकामा पनि छिट्टै प्रमुख प्रशासकीय अधिकृत पठाउने बताए । उनका अनुसार रिक्त स्थानमा खटाउन थप ३८ जना सहसचिव आवश्यक छ । 

काठमाडौँ महानगरले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।