नेभिगेशन
सबै कुरा

ओभरलोड सवारी साधनले सडक बिगार्याे, भारवहन सीमा कडाइ गर्नुपर्याे : यातायात व्यवसायी

काठमाडौँ । यातायात व्यवसायीहरुले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार विभागमा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानूनी कारवाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।

भारवहन सीमा कडाइका साथ कार्यान्वयन नहुँदा देशभरका ५५ वटा पुलहरु जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए । उनले मालवहाक सवारी दुर्घटना पश्चात हुने क्षतिका लागि राहतकोष स्थापना गर्न समेत माग गरेको बताए । 

त्यस्तै यातायात व्यवसायीहरुले सडक तथा पुलहरुको निरिक्षण र मर्मत गर्नुपर्ने र गृहमन्त्रालयबाट परिपत्र भएको १२ बुँदे दुर्घटना न्यूनिकरण प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् । उनीहरुले आफ्ना मागका बारेमा १५ दिनभित्र कार्ययोजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

सिडिएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको रु ८७ अर्ब, ४७ ऊर्जा कम्पनीको मात्रै रु ५३ अर्ब बराबरको र आइपिओको ‘पाइपलाइन’मा रहेका ४३ कम्पनीको रु ४१...
चितवनमा २० जनामा डेङ्गु सङ्क्रमण, ३२ जनामा स्क्रब टाइफस

चितवनमा २० जनामा डेङ्गु सङ्क्रमण, ३२ जनामा स्क्रब टाइफस

ब टाइफस एक प्रकारको सरुवा रोग हो । जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ ।
प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाने

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाने

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री...
यसरी मनाइयो पहिलोपटक राष्ट्रिय कोदो दिवस (तस्बिरहरु)

यसरी मनाइयो पहिलोपटक राष्ट्रिय कोदो दिवस (तस्बिरहरु)

प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ । दे