नेभिगेशन
सबै कुरा

ओभरलोड सवारी साधनले सडक बिगार्याे, भारवहन सीमा कडाइ गर्नुपर्याे : यातायात व्यवसायी

काठमाडौँ । यातायात व्यवसायीहरुले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार विभागमा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानूनी कारवाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।

Ncell
Extreme Energy

भारवहन सीमा कडाइका साथ कार्यान्वयन नहुँदा देशभरका ५५ वटा पुलहरु जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए । उनले मालवहाक सवारी दुर्घटना पश्चात हुने क्षतिका लागि राहतकोष स्थापना गर्न समेत माग गरेको बताए । 

त्यस्तै यातायात व्यवसायीहरुले सडक तथा पुलहरुको निरिक्षण र मर्मत गर्नुपर्ने र गृहमन्त्रालयबाट परिपत्र भएको १२ बुँदे दुर्घटना न्यूनिकरण प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् । उनीहरुले आफ्ना मागका बारेमा १५ दिनभित्र कार्ययोजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।