नेभिगेशन
सबै कुरा

मनकामना दर्शन गरी फर्किएका यात्रु बोकेको माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ जना घाइते

गोरखा । गोरखामा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 

दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उनले बताए । दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताए। बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो । 

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार छन् । 

अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए।  घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण

सिडिएससीको यस्तो निर्णयले लकिङ अवधिमै रहेका विभिन्न ५८ उद्योगको रु ८७ अर्ब, ४७ ऊर्जा कम्पनीको मात्रै रु ५३ अर्ब बराबरको र आइपिओको ‘पाइपलाइन’मा रहेका ४३ कम्पनीको रु ४१...
चितवनमा २० जनामा डेङ्गु सङ्क्रमण, ३२ जनामा स्क्रब टाइफस

चितवनमा २० जनामा डेङ्गु सङ्क्रमण, ३२ जनामा स्क्रब टाइफस

ब टाइफस एक प्रकारको सरुवा रोग हो । जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ ।
प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाने

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाने

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री...
यसरी मनाइयो पहिलोपटक राष्ट्रिय कोदो दिवस (तस्बिरहरु)

यसरी मनाइयो पहिलोपटक राष्ट्रिय कोदो दिवस (तस्बिरहरु)

प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ । दे