नेभिगेशन
सबै कुरा

स्ववियु निर्वाचन विवाद: समाजवादी विद्यार्थी युनियनले तोडफोड गर्यो भैरहवा बहुमुखी क्याम्पस

भैरहवा । रूपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावलाई लिएर विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैत ५ गते हुने निर्वाचनका लागि आज संगठन दर्ता गर्ने तालिका तोकिएको थियो । सो क्रममा समाजवादी विद्यार्थी युनियनका इकाई इन्चार्ज इरफान अली लगायत विद्यार्थी नेताहरुले निर्वाचन तालिकाअनुसार संगठन दर्ता नगर्न भन्दै क्याम्पसमा होहल्ला सूरु गरेका थिए । त्यसपछि उनीहरुले क्याम्पसको हलमा तोडफोड गरेका हुन् ।

Ncell
Extreme Energy

सो क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले विभिन्न माग राख्दै आइतबारनै क्याम्पसमा रहेको निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

विद्यार्थीहरूको तोडफोडले क्याम्पसका कुर्सीहरू भाँचिएका छन् भने क्याम्पस प्राङ्गणमा टायर बालेर समेत विरोध प्रदर्शन गरिएको छ । 

यस विषयमा रुपन्देही प्रहरीले क्याम्पसभित्र तोडफोड भएको र क्याम्पसले निवेदन दिए आफूहरुले कानुनअनुरुप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।