नेभिगेशन
सबै कुरा

प्रमुख प्रशासकीय अधिकृत माथिको छानबिनको स्थिति स्पष्ट पार्न महानगरलाई मन्त्रालयको पत्राचार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिनबारे स्पष्ट खुलाउन भन्दै पत्राचार गरेको छ । महानगरलाई फागुन १५ गते एक पत्र पठाउँदै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिनको स्थिति स्पष्ट खुलाउन भनेको हो । 

‘प्रस्तुत विषयमा तहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

City Express

काठमाडौँ महानगर पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गुराईंमाथि महानगरले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको कारबाही गरेको छ। सो कारबाहीपश्चात महानगर प्रमुख प्रशासकीय अधिकृतविहिन भएको हो । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकारबाही प्रभावित भएको भन्दै महानगरले कर्मचारी पठाइदिन अनुरोध गर्दै मन्त्रालयलाई पत्र लेखेको थियो । सो पत्रउपर स्पष्ट खुलाएर पठाउन महानगरलाई मन्त्रालयले पत्राचार गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

मंगलबार ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८...
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी,...