नेभिगेशन
सबै कुरा

प्रमुख प्रशासकीय अधिकृत माथिको छानबिनको स्थिति स्पष्ट पार्न महानगरलाई मन्त्रालयको पत्राचार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिनबारे स्पष्ट खुलाउन भन्दै पत्राचार गरेको छ । महानगरलाई फागुन १५ गते एक पत्र पठाउँदै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिनको स्थिति स्पष्ट खुलाउन भनेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रस्तुत विषयमा तहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

Ncell
Extreme Energy

काठमाडौँ महानगर पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गुराईंमाथि महानगरले पुरानो बसपार्कस्थित काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको कारबाही गरेको छ। सो कारबाहीपश्चात महानगर प्रमुख प्रशासकीय अधिकृतविहिन भएको हो । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकारबाही प्रभावित भएको भन्दै महानगरले कर्मचारी पठाइदिन अनुरोध गर्दै मन्त्रालयलाई पत्र लेखेको थियो । सो पत्रउपर स्पष्ट खुलाएर पठाउन महानगरलाई मन्त्रालयले पत्राचार गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

गगन थापालाई गोकुल बाँस्कोटाको बधाई : बाटोभरि फूल मात्र छैन, काँडा पनि छन्

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापालाई बधाई दिँदै उनको आगामी राजनीतिक यात्रामा चुनौतीसमेत रहेको टिप्पणी गरेका छन्।
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।