नेभिगेशन
सबै कुरा

नयाँ बसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौँ । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ ।

मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो ।

City Express

काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ७० जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । यसबाहेक सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, खोटाङलगायत जिल्लामा भने कोटेश्वरबाट सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नयाँबसपार्क बाहेक हाल राजधानीको कलङ्की, पुरानो बसपार्क, गौशाला, कोटेश्वर र सोह्रखुट्टेबाट सवारीसाधन विभिन्न जिल्लामा आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाले भने सबै सवारीसाधनलाई नयाँबसपार्कबाट आवतजावत गराउने लक्ष्यका साथ काम गरिरहेको छ ।

विसं २०५६ मा काठमाडौँ महानगरपालिकाका प्रमुख र लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्षबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुट्टै बसपार्क स्थल निर्माण गरिएको छ । नयाँ बसपार्कमा हाल ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने ठाउँ रहेको छ । हाल उक्त बसपार्कबाट ३५० देखि ४०० सवारीसाधन विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

मंगलबार ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६ हजार ८७५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १५ करोड सात लाख ६८ हजार ९३८...
जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

जनार्दन शर्माको विशेष पत्रकार सम्मेलन(तस्बिरहरु)

पार्टीका संयोजक दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच समाजवादी मोर्चा गठन गर्नेकुरामा समझदारी बढेपछि सो विषयमा आफ्नो विचार व्यक्त गर्न तथा आगामी नयाँ कदमका बारेमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि(तस्बिरहरु)

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको र सोलक्रमममा  उनको नागरिकता पनि जलेको थियो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी,...