नेभिगेशन
सबै कुरा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको सुझाव

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार काठमाडौँमा पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास समेत व्यक्त गरेकी हुन् । 

Ncell
Extreme Energy

उनले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको स्मरण गरिन् । राजनीतिक दलहरुले जस्तोसुकै कठिन परिस्थीतिमा पनि लोकतान्त्रीक मूल्यमान्यतालाई आत्मसाथ गर्नुपर्ने उनले बताइन् । 

भण्डारीले बहुलबाद र बहुदलीय प्रतिष्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक आर्थिक रुपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना परिघटनाले बिचलित तुल्याउन नसक्ने उल्लेख गरिन् । 

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रप्राप्तिका लागि गरेको सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गर्नुभएको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो । पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।