नेभिगेशन
सबै कुरा

छिमेकी भारतमा बर्डफ्लु देखिएपछि सिमा क्षेत्रमा कडाइ, ७९ क्यारेट सेतो अन्डा नष्ट

पर्सा । पर्सा जिल्लामा बर्डफ्लु संक्रमण रोकथामका लागि विशेष अभियान सुरू गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छिमेकी भारतमा बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले उच्च सतर्कता अपनाउँदै सुरक्षा उपायहरू अवलम्बन गर्न निर्देशन दिएको छ । सोमबार बसेको सुरक्षा तथा सरोकारवाला निकायको बैठकले भारतबाट भित्रिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बजार अनुगमन समिति गठन गर्ने निर्णय गरेको थियो ।

Ncell
Extreme Energy

सोही निर्णयअनुसार गठित अनुगमन समितिले वीरगंजका विभिन्न स्थानमा अनुगमन गर्दै बिक्रीका लागि राखिएका ७९ क्यारेट सेता अन्डा नियन्त्रणमा लिएर नष्ट गरेको छ । यसअघि सरकारले बर्डफ्लु संक्रमण बढेपछि पशुपक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाएको थियो ।

तर, खुला सीमाका कारण अवैध रूपमा यस्ता वस्तुहरू भित्रिन सक्ने सम्भावना बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निगरानी बढाएको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सीमाक्षेत्रबाट भित्रिन सक्ने जोखिमयुक्त वस्तुहरूको नियमित अनुगमन गर्न तथा आवश्यक परेमा कडा कदम चाल्न निर्देशन दिएका छन् ।

बर्डफ्लु नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य गर्दै थप उपायहरू अवलम्बन गरिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

दसैँअघि आरुघाटमा बेलीब्रिज जोडेर यातायात खुलाइने

बूढीगण्डकीको बाढीले पुलको एक भाग बगाएपछि अवरुद्ध गोरखा–धादिङ जोड्ने आरुघाटको मोटरेबल पुलमा बेलीब्रिज जडान गर्न थालिएको छ।
दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दसैँ–तिहारका लागि डीडीसीको घिउ र याक चिज दुबईमा

दुग्ध विकास संस्थान (डीडीसी) को थप १ हजार ५०० किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।
राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।