नेभिगेशन
सबै कुरा

सरकारले खाना पकाउने ग्यास उद्याेगी र बिक्रेतालाई दिने कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढायाे*

काठमाडौं । सरकारले खाना पकाउने ग्यास उद्याेगी र बिक्रेतालाई दिने कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढाएको छ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएकाे बैठकले व्यवसायीको माग बमोजिमनै १२ रुपैयाँ ७५ पैसा प्रति सिलिन्डर यस्ताे मूल्य बढाउने सहमती भएको हो । 

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तापछि मुल्य बढाउने सहित ५ बुँदे सहमति भएको हो । 

के के भए सहमतीः 

१. मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।

२. निगम सञ्चालक समितिको मिति २०८१ फागुन १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पीडीओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने ।

३. निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।

४. निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने ।

५. नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मध्यरात झण्डै ६ घण्टा बच्चालाई कृत्रिम श्वास दिएर लक्ष्मीको खुसी जोगाएकी जानकी

मध्यरात झण्डै ६ घण्टा बच्चालाई कृत्रिम श्वास दिएर लक्ष्मीको खुसी जोगाएकी जानकी

‘सबै जना  थकित र गलित थियौँ । तर  पनि  हामीलाई एउटै आशा थियो की जसरी पनि बच्चालाई बजाउने र आमालाई खुुसी बनाउने ।  नभन्दै चमत्कार भयो । बिहान  ...
चक्रे मिलनसहितका १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

चक्रे मिलनसहितका १९ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा चक्रे मिलनसहित पक्राउ परेका उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला...
बहुविवाहलाई कानुनी मान्यता दिने कानुन ल्याउन लागिएको भन्दै बिनु यादवले सुरु गरिन् अनशन

बहुविवाहलाई कानुनी मान्यता दिने कानुन ल्याउन लागिएको भन्दै बिनु यादवले सुरु गरिन् अनशन

प्रेमीबाटै बलात्कृत भएको बताउँदै ७ वर्षदेखि न्याय माग्दै आएकी उनले बहुविवाहलाई वैध बनाउने तयारीप्रति रोष प्रकट गर्दै उनी पुनः सडकमा उत्रिएकी हुन्। उनको लडाईँ २०७५ बैशाखबाट सुरु भएको...
हराएको ४५ वर्षपछि अमेरिकाबाट फर्काइयो एशियाकै ठूलो पौभा चित्र (तस्विरहरु)

हराएको ४५ वर्षपछि अमेरिकाबाट फर्काइयो एशियाकै ठूलो पौभा चित्र (तस्विरहरु)

यस चित्रलाई एशियाकै सबैभन्दा ठूलो पौभा चित्र मानिन्छ। यसले नेपालको सांस्कृतिक, धार्मिक र कलात्मक सम्पदामा उल्लेखनीय योगदान दिन्छ। पर्यटक हेनरीले यो चित्र पहिलोपटक नेपालमै देखेका थिए। पछि अमेरिकामा...