नेभिगेशन
सबै कुरा

सरकारले खाना पकाउने ग्यास उद्याेगी र बिक्रेतालाई दिने कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढायाे*

काठमाडौं । सरकारले खाना पकाउने ग्यास उद्याेगी र बिक्रेतालाई दिने कमिसन प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढाएको छ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएकाे बैठकले व्यवसायीको माग बमोजिमनै १२ रुपैयाँ ७५ पैसा प्रति सिलिन्डर यस्ताे मूल्य बढाउने सहमती भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तापछि मुल्य बढाउने सहित ५ बुँदे सहमति भएको हो । 

Ncell
Extreme Energy

के के भए सहमतीः 

१. मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।

२. निगम सञ्चालक समितिको मिति २०८१ फागुन १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पीडीओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने ।

३. निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।

४. निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने ।

५. नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बजेट पेश गर्न नसकेका मधेसका  ४  पालिकामा  संघीय  मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

बजेट पेश गर्न नसकेका मधेसका ४ पालिकामा संघीय मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको...
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।
घारखोला जलविद्युतमा सुक्खा पहिरो :  एक जना बेपत्ता, एक घाइते

घारखोला जलविद्युतमा सुक्खा पहिरो :  एक जना बेपत्ता, एक घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।
डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ ।