नेभिगेशन
सबै कुरा

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । केपी ओलीले अघिल्लो कार्यकालमा नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीको नियुक्ति खारेज गर्न माग गर्दै परेको मुद्दाको आज सुनुवाई हुँदै छ । चार वर्षअघिदेखि सर्वोच्चमा विचाराधिन मुद्दाको अन्तिम सुनुवाई माघ ३० देखि सुरु भएको थियो । 

अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग लगायत १३ संवैधानिक निकायहरुमा रिक्त ६१ पदहरुमध्ये ५२ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेका थिए ।

नियुक्तिको पहिलो सिफारिस भएलगत्तै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुन पाएको थिएन । सिफारिस भएको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा नपर्ने भन्ने संसदीय नियमावलीको आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ २१ मा ३२ र २०७८ असार १० मा पछिल्लो सिफारिसमा परेका २० गरी जम्मा ५२ जनालाई नियुक्त गरेकी थिइन् ।

उनीहरूको नियुक्ति कानुनसम्मत् नभएकाले बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल लगायतले १५ वटा रिट निवेदन दर्ता गरेका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चूनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।
प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका  एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसंग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् । सोमबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शिष्टाचार भेट...
कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।वर्षौँदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारी–साधन सञ्चालनदेखि...
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो ।

भर्खरै