नेभिगेशन
सबै कुरा

डिपोर्ट भएका नेपालीहरुले एजेन्टविरुद्ध मुद्दा दर्ता गर्न इच्छा देखाएनन्ः प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले अमेरिकाबाट निष्काशन परि नेपाल फर्काइएका नेपालीहरुसँग सोधपुछ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरुलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरुसँग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए । प्रारम्भीक सोधपुछका क्रममा केहि नेपालीहरु ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानून उल्लङ्घन गरेर फर्काइएको पाइएको उनले बताए । त्यस्तै उनीहरुले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए । 

Ncell
Extreme Energy

‘प्रारम्भिक रुपमा कहीँ न कहीँ भिसा प्रोसेसिङका लागि एजेन्टहरु भएको बताउनुभएको छ ।’, प्रवक्ता कुँवरले भने, ‘उहाँहरु विरुद्ध तपाईँहरु मानव वेचविखनको मुद्दा हाल्नुहुन्छ त भनेर सोध्दा उहाँहरुले अहिलेसम्म अनिच्छा प्रकट गर्नुभएको छ ।

बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।