नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने दुई पत्रकारको संसद पास निलम्बन

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद परिसरमा प्रश्न सोध्ने दुई जना पत्रकारको पास निलम्बन गरिएको छ । 

सङ्घीय संसद सचिवालयले पत्रकारहरू प्रकाश ओली र किशोर कुमार श्रेष्ठको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ति पत्रकारहरूले संसद परिसरमा केही अघि प्रश्न गरेका थिए । ओली युवामन नेपाल र श्रेष्ठ सुनौलो नेपाल नामक सञ्चार संस्थाका लागि काम गर्छन् । 

संसद्का महासचिव स्तरीय निर्णयबाट मंगलबार सो निर्णय गरिएको सङ्घीय संसदका प्रवक्ता एकराज गिरीले सिधाकुरालाई बताए । 
‘हिजोको निर्णयअनुसार एक महिनाका लागि उनीहरूलाई निलम्बन गरिएको छ’ प्रवक्ता गिरीले भने । प्रवेश पास निलम्बनको कारण भने संसदले खुलाएको छैन। गत फागुन ४ गते संसद बैठकबाट निस्कँदै गरेका प्रधानमन्त्री ओलीलाई पत्रकारद्वयले संसद परिसरमा ‘तपाईलाई हिटलर र तानाशाह भनेर जनताले भन्छन् नी ’ भनेर प्रश्न गरेका थिए । तर, उनीहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएनन् । 

फागुन ५ गतेको संसद बैठकमा एमाले नेताहरूले प्रधानमन्त्रीलाई प्रश्न गर्ने पत्रकारहरूको नियत ठिक नभएको भन्दै आपत्ति जनाएका थिए ।

तर, अहिले तिनै पत्रकाहरुमाथि संसद सचिवालयले कारबाही गरेको छ । संसद सचिवालय स्रोतले भने एमाले नेताहरूको दबाबका कारण यस्तो निर्णयमा पुगेको बताउँछन् ।

‘प्रधानमन्त्रीको सचिवालय र एमाले नेताहरुमार्फत बढी नै दबाब थियो,’ स्रोतले भन्यो, ‘दुई सातासम्म त दबाब झेलेर कारबाहीको विवादास्पद निर्णय नगर्ने भन्ने नै थियो । तर, अलि धेरै नै प्रेसर भएपछि यस्तो निर्णय गरिएको हो ।’ 
एमालेका कुन नेता मार्फत दबाब आएकाे भन्ने विषयमा भने संसदका अधिकारीहरुले केही खुलाउन चाहेनन् । 
स्रोतकाअनुसार पास नै खारेज गर्ने दबाब भए पनि संसद सचिवालयले गलत सन्देश जाने भन्दै एक महिनाका लागि मात्रै पास निलम्बन गर्ने निर्णय गरेको हो । 
यस विषयमा बुझ्न प्रधानमन्त्रीकाे सचिवालयमा पटक पटक सम्पर्क गर्दा पनि काेही पनि सम्पर्कमा आउन चाहेनन् ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बजेट पेश गर्न नसकेका मधेसका  ४  पालिकामा  संघीय  मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

बजेट पेश गर्न नसकेका मधेसका ४ पालिकामा संघीय मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको...
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो ।
घारखोला जलविद्युतमा सुक्खा पहिरो :  एक जना बेपत्ता, एक घाइते

घारखोला जलविद्युतमा सुक्खा पहिरो :  एक जना बेपत्ता, एक घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका छन् ।
डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ ।