नेभिगेशन
सबै कुरा

सहकारीसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ । सरकारले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

Dish home
City Express

बैठकमा सांसद चन्दा कार्कीले १२ जना सांसदको तर्फबाट उक्त अध्यादेशलाई अस्वीकार गरियोस भन्ने सूचना प्रस्तुत थिइन् । बैठकले उक्त प्रस्तावलाइ समेत बहुमतले अस्वीकार गरेको छ । त्यसअघि उक्त अध्यादेशका बिषयमा विरोधको सूचनाका क्रममा आएका जिज्ञासाको जवाफ दिदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अधिकारीले सहकारी क्षेत्रलाई व्यवस्थीत गर्न अध्यादेश ल्याएको भन्दै प्रतिपक्षीमा रहदैमा विरोधका लागि विरोध नगर्न आग्रह गरे । 

छिटो छरितो समस्या हल गर्न अध्यादेश ल्याउनुपरेको भन्दै उनले सहकारी पीडितको भावनालाई समेत समेटिएको जानकारी दिए । कानूनमार्फत सहकारीको नियमन गर्न प्राधिकरणको अवधारणा अघि बढाएको उनले बताए । 

मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका कमी कमजोरीलाई नियन्त्रण गरिने धारणा राखे । सहकारी क्षेत्र सुधारका लागि सांसदहरुले देखाएको चासो र चिन्तालाई सरकारले सकारात्मक रुपमा लिने उनले बताए । मन्त्री अधिकारीले ऋणिहरुबाट असुली गरि बचतकर्तालाई फिर्ता गर्ने काम निरन्तर चलिरहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

प्रतिनिधि सभा विघटन विरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

निवेदक अधिवक्ता डा प्रेमराज सिलवाले दायर गरेको निवेदनमा बुधबार सर्वोच्च अदालतका प्रधान न्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले गरेको...
‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेल सहभागी हुने

कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका हुन । सो औपचारिक भ्रमणका लागि राष्ट्रपति पौडेल...
पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

पाल्पामा विद्युतीय गाडी दुर्घटना, तीन जनाको मृत्यु

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नं को विद्युतीय गाडी बुधबार दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।