नेभिगेशन
सबै कुरा

९० लाख तिरेर अमेरिका, चेनमा बाँधिएर नेपाल डिपोर्ट ! अमेरिकाबाट फर्किएकाहरुको बयान

काठमाडाैँ । अवैध बाटो अमेरिका पुगेका ९ नेपालीलाई अमेरिकाले ब्ुधबार नेपाल ल्याएर छोडिदिएको छ । अमेरिकाले विमान चाटर्ड गरेर ल्याएका ८ जना र आफैँ आएका एक गरी जना नेपालीहरु आज त्रिभुवन अन्तराष्टिूय विमानस्थल ओर्लिए ।   


Dish Home
Global Ime Bank

सुन्दर भविष्यको कल्पना गर्दै तल्लो बाटो अमेरिका पुगेका केही नेपाली, ठुलो ऋणको भारी, पश्चतापको आत्मग्लानीसँगै अवैध आप्रवासीको बिल्ला भिरेर आकाशको बाटो भएर नेपाल फर्किएका हुन् ।

अमेरिकाबाट अल्बानियासम्म हत्कडी लगाइएका नेपालीलाई नेपालमा झार्ने बेला भने हत्कडी देखिएको थिएन । यसरी डिपोर्ट भएर फर्कीनेहरुमा ८ जना पुरुष र एक जना महिला छिन् । उनीहरुको उमेर २२ देखि ४७ वर्षसम्मको छ । 

अमेरिकि जहाज जिआरपी २३ विमानले ८ जनालाई झारिदियो भने एक जना अर्को एक व्यवसायिक उडानमार्फत त्रिभुवन अन्तराष्टिूय विमानस्थल झरे । र त्यसपछि उनीहरुलाई विमानस्थल अध्यागमनले सिधै प्रहरीको मानव बेचबिखन ब्यूरोमा पठाएको थियो । 

यो चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्टिूय विमानस्थलबाट आएको होरु। अमेरिकाले नेपाली सहित अल्बानियाका नागरिकलाई पनि सोहि जहाजमा डिपोर्ट गरेको थियो ।

त्यसैले अमेरिकाबाट उडेका जहाज अल्बानियाको तिराना अन्तर्राष्टिूय विमानस्थलमा अल्बानियाका नागरिकलाई ओरालेपछि काठमाडौतर्फ लागेको थियो । उनीहरुलाई अल्बानियासम्म हत्कडी लगाइएको थियो ।

उनीहरुलाई अमेरिकाबाटै हतकडी र खु्ट्टामा चेन लगाएर विमानमा हालिएको नेपाल फर्किएकाहरुले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । 

टूान्जिटमा भने उनिहरुको खुट्टाको चेन खोलिए पनि हातको हतकडी भने विमानबाट झर्ने बेलामा मात्रै खोलिएको बयानमा उनीहरुले प्रहरीलाई भनेका छन् ।

अमेरिकी सुरक्षा अधिकारीहरुले नै उनिहरुलाई विमानस्थलस्थित नेपाली अध्यागनका अधिकारीहरुलाई जिम्मा लगाएका थिए । 

विमानस्थल अध्यागनले भने नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाएको हो । अब उनीहरु कुन बाटो अमेरिका पुगेका थिए ? उनीहरुलाई नेपालबाट अमेरिकामा तस्करी गर्नेहरुका बारेमा सोधखोज हुने ब्युरोका अधिकारीहरुले बताएका छन् । 

प्रहरीमा उनीहरुले आफूलाई लैजाने एजेन्टहरु बारे कुनै उजुरी नदिए पनि केही घटनाक्रम खुलाएका छन् । 

उनीहरुलाई एजेन्टलाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर हिंडेर अमेरिका पुुगेको खुलासा गरेका छन् । विमानमा फर्कीएका ८ जना मध्ये एक जना डोटीका हुन भने अन्य दाङ र रुकुमका हुन् । एक् जनाको पहचान खुलेको छैन् । 

प्रहरीलाई उनीहरुले दिएको जानकारी अनुसार नेपालमा एजेन्टलाई पैसा बुुझाएर हिडेका उनीहरु कतै जंगल, नदी तथा समुन्द्र पार गर्दै मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिका छिरेका थिए । आफूहरु ५÷६ महिना अघि मात्रै अमेरिका पुगेको उनीहरुले बयानमा भनेका छन् । 

पक्राउ परेर आप्रवासी क्याम्पमा रहेका उनीहरुलाई अमेरिकाले स्वदेश फर्कीने कि कानुनी लडाईं लड्ने भनेर सोधिएको बताएको र जसले अमेरीकामै कानुन लडाई लड्ने भने उनिहरुलाई हत्कडी र चेन लगाएर डिपोर्ट गरिएको  र आफै फर्कन्छु भन्नेलाई निजी उँडानमार्फत आउन दिएको फर्कीएकाहरुले बताएका छन् । 


अमेरिकाले डिपोर्ट गरेकै कारण उनिहरु विरुद्ध नेपालमा भने कुनै कानुनी झमेला नपर्ने सरकारी अधिकारीहरु बताउँछन् । जनावरी २० मा अमेरिकाको राष्टूपतिमा डोनाल्ड जे टूम्पले शपथ लिएपछि यसरी डिपोर्ट भएर आउने नेपालीको संख्या ३६ पुगेको अध्यागमन विभागले जनाएको छ ।

तर, अमेरिकाले विमान नै चार्टर्ड गरेर पठाएको भने यो दोस्रो पटक हो । तर, अमेरिकामा रहेको अवैध नेपालीको संख्या हेर्दा यो क्रममा अब लगातार बढ्ने देखिन्छ । यस अघि आफै टिकट काटेरु डिर्पोट भएका नेपालीहरुको संख्या २७ थियो । 

अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली नेपाल फर्काइसकेको छरु।

आइसले तीन जना नेपालीलाई भने पानामा डिपोर्ट गरेको जनाएको छरु। तर, अमेरिका प्रवेश गर्दा पानामाको कागजात पशे गरेका कारण उनीहरुको राष्टिूयता फरक परेर उनीहरूलाई पानामा पु¥याइएको आंकलन गरिएको छ । अमेरिकामा रहेको अधिवक्ता शिव खनालकाअनुसार १३ सय ६५ नेपाली तत्कालै  डिपोर्ट हुने देखिएको छ । दोस्रो चरणमा भने झण्डै ४ हजार बढी नेपाली डिपोर्ट हुने सम्भावना छ । 

आधिकारिक कागजातबिना अमेरिकामा बस्दै आएका, अमेरिकी अदालतले निष्कासनको आदेश दिएका नेपाली सहित करिब १५ लाख आप्रवासी अमेरिकाबाट देश निकाला भइरहेका छन् । 

नेपालबाट ब्राजिल, मेक्सिको, ग्वाटेमालालगायतका मुलुक हुँदै अमेरिका प्रवेश गर्ने नेपालीहरूको सङ्ख्या निकै ठुलो छ ।

नेपालका दाङ, रुकुम, पर्वत, स्याङजा, सुर्खेत, बाँके लगायत जिल्लाहरुबाट सयाँैको संख्यामा नेपालीहरू तल्लो बाटो अर्थात अवैध बाटो हुँदै अमेरिका छिरेका छन् । यसरी गएका कयौँ नेपालीहरु अझै बीच बाटोमा रहेको अपुष्ट सूचनाहरु पनि सार्वजनिक भइरहेको छन् । अमेरिका छिर्ने क्रममा कतिपय नेपाली अन्य मुलुकमा पक्राउ पनि परेको र  कतिपयले ज्यानसमेत गएको घटना यस अघि नै सार्वजनिक भइसकेको छरु। 

अमेरिकामा टूम्प सरकारले आप्रवासीहरूलाई अमेरीकाको समस्या भन्दै आएको छ । अमेरिकी समाचार एजेन्सीहरुकाअनुसार अनाधिृकत आप्रवासीको सङ्ख्या सन् २०२२ मा आइपुग्दा १ करोड २२ लाख पुगेको छ ।

जसमध्ये मेक्सिकोका आप्रवासीहरूको सङ्ख्या ४० लाख रहेको छ । यसमा  एल साल्भाडोरका ७ लाख ५० हजार, भारतका ७ लाख २५ हजार, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन्र ।  

अहिले सार्वजनिक भएको सूची त्यस बाहेकका अर्थात उनीहरु आइसीईको सूचीमा रहेका नेपालीहरू हुन् । त्यस मध्ये कति नेपालीलाई अमेरीकी संयन्त्रले पक्राउ गरि नेपाल फर्काउन सुरु गरेको छ । 

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अमेरिकामा अहिले ३ लाखभन्दा बढी नेपालीमूलका बासिन्दा छन्रु। जसमध्ये २ लाखले ग्रिनकार्ड र करिब ८७ हजारले अमेरीकी नागरिकता प्राप्त गरेका छन्रु। यस्तै २० हजार विद्यार्थी छन् भने २० हजारले शरणार्थीका रूपमा आवेदन दिएका छन् । 

साथै, ७ हजार ५ सयले अस्थायी आवासीय अनुमति पाएका छन्रु। यी नेपालीहरुलाई भने कुनै समस्या पर्ने जानकारहरु बताउँछन् । 

अमेरीकी सरकारको आप्रवासी सम्बन्धी विभाग आइसीसीले पहिलो चरणमा पहिलो चरणमा पूर्ण रूपमा कानुनी कागजपत्रविहीन, आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट आदेश गरिएका र पहिले नै देश छाड्न भनिएकालाई पक्राउ गरि देश निकाला गरिने जनाउँदै आएको छ । 

अमेरिकाले एकैपटक ठुलो संख्यामा आप्रवासीहरू फिर्ता गरेका चर्चा अहिले बढी भए पनि यस अघिदेखिनै अमेरिकाले आप्रवासीहरूलाई फिर्ता गर्दै आएको थियो । आईसीईका अनुसार सन् २०२४ मा १ सय ९२ देशका २ लाख ७१ हजार ४ सय ८४ आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरिसकेको थियो । त्यसमध्ये नेपालका ५७ जना डिपोट भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको...
आन्दोलनबाट फर्कीदै गरेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

आन्दोलनबाट फर्कीदै गरेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, २२ जना घाइते

“म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो । गाडीबाट इन्धन...
कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन...
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन

सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा...