नेभिगेशन
सबै कुरा

हमासलाई ट्रम्पको अन्तिम चेतावनीः ‘सबै बन्धकलाई तत्काल रिहा गर, नभए एक जना बाँकी रहने छैनौ’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि हमासलाई अन्मित चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्नो कुराको सुनुवाइ भएन भने हमासका एक सदस्य पनि बाँकी नरहने धम्की दिएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।’

Ncell
Extreme Energy

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको उक्त अभिव्यक्ति आएको हो। आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले बन्धकहरू रिहा गरिएन भने हमासले ‘ठूलो मूल्य चुकाउने’ चेतावनी दिएका छन्।

उनले आफ्नो पोस्टमा अगाडि भनेका छन्, ‘सबै बन्धकलाई तत्काल रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो।’ ‘यो तपाईंहरूलाईं अन्तिम चेतावनी हो नेतृत्वका लागि। गाजा छाड्ने समय आएको छ।’

उनले सर्वसाधारणलाई धम्की दिँदै भनेका छन्, ‘साथै गाजाका जनतालाई सुन्दर भविष्यले पर्खिरहेको छ, तर तपाईंले बन्धक बनाउनुभयो भने होइन। यदि तपाईंले त्यसो गर्नुभयो भने तपाईं समाप्त हुनुहुनेछ।’हो।

यो पोष्ट आउनुअघि उनले युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेका थिए । 

https://www.facebook.com/share/r/18RsDE3N9B/

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।