नेभिगेशन
सबै कुरा

लोडसेडिङ कुलमानका कारण हैन भारतका कारण अन्त्य भएको होः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शुन्य अंक दिनुपरेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताएका हुन् । उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्रचार गर्दा कुलमानले आफैलाई नम्वर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे । 

Ncell
Extreme Energy

मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानूनभन्दा माथि कोहि हुन नसक्ने धारणा राखे । आफु मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भएपनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए । उनले प्राधिकरणले उठाउन नसकेको वक्तौतालाई आधार मानेर नाफा देखाएको तर्क गरे । प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भएपनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलव्ध नगराएको आरोप लगाए । मन्त्री खड्काले प्रक्रिया नै पुरा नगरि भारतसँग विधुत खरिदको सम्झौता गरेको जिकिर गरे ।

उर्जामन्त्री खड्काले कुलमानका कारण नभइ भारतबाट सहजरुपमा विद्युत आपूर्तिका साथै मुलुकमा विधुत आयोजनाबाट थप विधुत उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।