नेभिगेशन
सबै कुरा

लोडसेडिङ कुलमानका कारण हैन भारतका कारण अन्त्य भएको होः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएकाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शुन्य अंक दिनुपरेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री खड्काले समयमै कार्यसम्पादन नबुझाएकाले कुलमानले अङ्क प्राप्त गर्न नसकेको बताएका हुन् । उनले समयभित्र कार्यसम्पादन मूल्याङ्कन नबुझाएपछि मन्त्रालयले पत्रचार गर्दा कुलमानले आफैलाई नम्वर दिएर कार्यसम्पादन मूल्याङ्कन पठाएको तर्क गरे । 

Dish home
City Express

मन्त्री खड्काले कुलमान घिसिङले सरकारलाई समेत नटेरेको भन्दै कानूनभन्दा माथि कोहि हुन नसक्ने धारणा राखे । आफु मन्त्रालयमा आएपछि कुलमानप्रति धेरै उत्साहित भएपनि अध्ययन गर्दै जाँदा धेरै कमजोरी देखिएको बताए । उनले प्राधिकरणले उठाउन नसकेको वक्तौतालाई आधार मानेर नाफा देखाएको तर्क गरे । प्राधिकरणको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनका लागि पटक पटक निर्णय भएपनि २५ वटाभन्दा बढी संस्थाको विवरण उपलव्ध नगराएको आरोप लगाए । मन्त्री खड्काले प्रक्रिया नै पुरा नगरि भारतसँग विधुत खरिदको सम्झौता गरेको जिकिर गरे ।

उर्जामन्त्री खड्काले कुलमानका कारण नभइ भारतबाट सहजरुपमा विद्युत आपूर्तिका साथै मुलुकमा विधुत आयोजनाबाट थप विधुत उत्पादन भएकाले लोडसेडिङ अन्त्य भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...