नेभिगेशन
सबै कुरा

उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु


उदयपुर । उदयपुर  सदरमुकाम गाईघाटस्थित  त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका  दिदीबहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया  अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक  सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको हो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 जीप चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाइघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

खोलामा बेलिब्रिज निर्माण भएपछि ३६ किमी दुरी छोटियो

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा सहजता आएको बताए । “पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो”, उनले...
मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

मानवबहादुरको बयानः 'पक्षघातले बिरामी श्रीमतीलाई घाँटी थिची हत्या गरेँ, आफू झुण्डिडा डोरी चुडियो'

आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको भनी प्रहरीमा बयान दिएका छन् ।
मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते

सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

रोजगारीको बहानामा भारत पुर्याइएका सात किशोरीको उद्धार

उनका अनुसार शुक्रबार भारतीय प्रहरीले उद्धार गरेको थियो । उद्धारपछि सातै जना किशोरी र अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाको रहेको जनाइएको...