नेभिगेशन
सबै कुरा

पोखरामा कोटिहोम आयोजक र नगर प्रहरीबीच झडप, दर्जनबढी घाइते

कास्की । पोखरामा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ । झडपमा दुबै पक्षबाट एक दर्जनबढी घाइते भएका छन् । 

शुक्रबार बिहान बराहीघाटमा मानव सेवा फाउन्डेशनले भूमि पूजन गर्न लागेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञ गर्नुअघि भूमि पूजन गर्न लागिएको बताएको फाउन्डेशनलाई महानगरले भने अनुमति नदिएको भन्दै रोक्न खोजेको थियो । 

City Express

नगरप्रहरीले भूमि पूजन रोक्न खोजेपछि नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको हो । वाराहीघाट क्षेत्रमा दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

कोटिहोम आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमूर्तिको अगुवाइमा आउँदो वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा कोटिहोम गर्ने तयारी छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोटिहोमका लागि शुक्रबार भूमि पूजन गर्ने साईत दिएको थियो। त्यसैअनुसार, कोटिहोम आयोजक भूमि पूजन गर्न वाराहीघाट पुगेका थिए।

पर्यटकको आवागमन हुने ठाउँ भएकाले वाराहीघाटमा कोटिहोम महायज्ञ लगाउन नहुने महानगरले बताउँदै आएको छ। महानगरले कोटिहोमका लागि अनुमति नदिने जनाएको छ।

यसअघि कोटिहोमको तयारीका लागि भनेर पोखरा क्षेत्रका वरपीपलको रुख काटिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले  सो धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूका...
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

सहमहामन्त्री पाण्डेले भने, “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय...
कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

भर्खरै