नेभिगेशन
सबै कुरा

पोखरामा कोटिहोम आयोजक र नगर प्रहरीबीच झडप, दर्जनबढी घाइते

कास्की । पोखरामा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ । झडपमा दुबै पक्षबाट एक दर्जनबढी घाइते भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार बिहान बराहीघाटमा मानव सेवा फाउन्डेशनले भूमि पूजन गर्न लागेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञ गर्नुअघि भूमि पूजन गर्न लागिएको बताएको फाउन्डेशनलाई महानगरले भने अनुमति नदिएको भन्दै रोक्न खोजेको थियो । 

Ncell
Extreme Energy

नगरप्रहरीले भूमि पूजन रोक्न खोजेपछि नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको हो । वाराहीघाट क्षेत्रमा दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

कोटिहोम आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमूर्तिको अगुवाइमा आउँदो वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा कोटिहोम गर्ने तयारी छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोटिहोमका लागि शुक्रबार भूमि पूजन गर्ने साईत दिएको थियो। त्यसैअनुसार, कोटिहोम आयोजक भूमि पूजन गर्न वाराहीघाट पुगेका थिए।

पर्यटकको आवागमन हुने ठाउँ भएकाले वाराहीघाटमा कोटिहोम महायज्ञ लगाउन नहुने महानगरले बताउँदै आएको छ। महानगरले कोटिहोमका लागि अनुमति नदिने जनाएको छ।

यसअघि कोटिहोमको तयारीका लागि भनेर पोखरा क्षेत्रका वरपीपलको रुख काटिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।