नेभिगेशन
समाज

दिपक मनाङेले पाए १ वर्ष कैद छुट

काठमाडाैँ । कारागारमा कैदीको जीवन बिताइरहेका राजीव गुरूङ उर्फ दिपक मनाङेले १ वर्ष कैद छुट पाएका छन् । जिल्ला अदालत काठमाडौँले मनाङेको २० प्रतिशत कैद छुट गरेको हो । 
शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेको २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्ने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) का अनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ। सोही व्यवस्थाअनुरुप मनाङेले माघ २९ गते कैद छुटको माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनउपर काठमाडौँले कैद छुट दिने आदेश गरेको हो ।
चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा सर्वोच्च अदालतले मनाङेलाई गत कात्तिक २० गते ५ वर्ष कैद सजायको फैसला गरेको थियो । 
सोही फैसलाअनुरुप दिपक मनाङेले कैद जीवन भुक्तान गरिरहेका थिए । उनले हालसम्म २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन् भने २ वर्ष ४ महिना कैद भुक्तानी गर्न बाँकी रहेको थियो । तर अदालतको आदेशपछि भने गुरुङले १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएको छ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

नेपाली क्रिकेटमा ऐतिहासिक फड्काे : एनपिएललाई आईसीसीकाे ओपचारिक मान्यता

विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन...
सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

सुरु भयो काठमाडौं महानगरमा बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले जोखिममा रहेका बिरामीलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।
ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा मन्त्री श्रेष्ठको सक्रियतामा विद्युत व्यापारमा ऐतिहासिक फड्को

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत व्यापारमा ऐतिहासिक फड्को मारेका छन् ।
दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव, यी दिन वर्षा र हिमपातको सम्भावना

यस वर्षको दसैँमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार फूलपातीदेखि विजयादशमीसम्म देशका हिमाली तथा केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।