नेभिगेशन
समाज

दिपक मनाङेले पाए १ वर्ष कैद छुट

काठमाडाैँ । कारागारमा कैदीको जीवन बिताइरहेका राजीव गुरूङ उर्फ दिपक मनाङेले १ वर्ष कैद छुट पाएका छन् । जिल्ला अदालत काठमाडौँले मनाङेको २० प्रतिशत कैद छुट गरेको हो । 
शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनाङेको २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्ने भएको हो । 

मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) का अनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था छ। सोही व्यवस्थाअनुरुप मनाङेले माघ २९ गते कैद छुटको माग गर्दै निवेदन दिएका थिए । सोही निवेदनउपर काठमाडौँले कैद छुट दिने आदेश गरेको हो ।
चक्रे मिलन भन्ने मिलन गुरूङको हात काटेको घटनामा सर्वोच्च अदालतले मनाङेलाई गत कात्तिक २० गते ५ वर्ष कैद सजायको फैसला गरेको थियो । 
सोही फैसलाअनुरुप दिपक मनाङेले कैद जीवन भुक्तान गरिरहेका थिए । उनले हालसम्म २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन् भने २ वर्ष ४ महिना कैद भुक्तानी गर्न बाँकी रहेको थियो । तर अदालतको आदेशपछि भने गुरुङले १६ महिना मात्रै कैद भुक्तान गरे हुने भएको छ।

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले  सो धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूका...
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

सहमहामन्त्री पाण्डेले भने, “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय...
कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

भर्खरै