नेभिगेशन
समाज

वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

काठमाडौँ । पर्याप्त वर्षा  नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ ।

मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताए ।  “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भने, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”

City Express

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ ।

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

राष्ट्रपति पौडेलद्वारा दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाइ सम्बोधन

कतारको दोहामा सुरु भएको दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्दै उनले  सो धारणा व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले भने, “विकासोन्मुख देशहरूका...
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

महाधिवेशन सम्बन्धी कांग्रेस केन्द्रीय बैठकमा महामन्त्री र सहमहामन्त्रीबीच फरक प्रस्ताव पेस

सहमहामन्त्री पाण्डेले भने, “महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय...
कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

कोशी प्रदेश सभाका बैठकहरु कटहरी स्थित फलफूल तथा तरकारी बजार केन्द्रबाट संचालन गरिदैं

जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवनध्वस्त भएपछि  फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

भर्खरै