नेभिगेशन
समाज

राजालक्षित प्रधानमन्त्रीको टिप्पणी, ‘भावनामा बगेर देश बन्दैन’

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुदूरपश्चिम प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै उनले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरे ।

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट बताए । उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका यसविरुद्ध उभिएकामा धन्यवाद व्यक्त गरे ।
“पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएको छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?”, प्रधानमन्त्री ओलीको प्रश्न थियो, “राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रूपमा हुनुहुन्छ । अरू कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?”

उनले अहिले दुई ठूला दलको सहमतिबमोजिम सरकार बनेको र सहमतिबमोजिम आफूले पूर्वघोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याए  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्षले यसरी गरे नेपाल–चीन सम्बन्धको व्याख्या

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल र चीनबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताएका छन् ।
लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

लोकसेवाको राय लगत्तै यस्ताे आउनेछ निजामती सेवा विधेयक (विधेयकमा समावेश नयाँ व्यवस्थासहित)

सरकारले सङ्घीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई गति दिएको छ । विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श कुरिरहेको छ ।
परराष्ट्रमन्त्री भन्छन्– तथ्य र प्रमाणका आधारमा मुद्दा स्थापित गर्नुपर्छ

परराष्ट्रमन्त्री भन्छन्– तथ्य र प्रमाणका आधारमा मुद्दा स्थापित गर्नुपर्छ

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन सम्बन्धमा  तथ्यका आधारमा नेपालका मुद्दाहरू विश्वसामु स्थापित गर्नुपर्ने बताएका छन् ।
कांग्रेस, एमाले र माओवादीले रोकेको काम पेलेरै अगाडि बढाए डिपी अर्यालले, अब बेथितिको अन्त्य!

कांग्रेस, एमाले र माओवादीले रोकेको काम पेलेरै अगाडि बढाए डिपी अर्यालले, अब बेथितिको अन्त्य!

पुराना दल कांग्रेस, एमाले र माओवादीले विगतमा अगाडि बढाउन नचाहेको 'डिजिटल पार्लियामेन्ट' अवधारणालाई सभामुख डोलप्रसाद अर्यालले कार्यान्वयनमा ल्याएका छन् ।