नेभिगेशन
समाज

हाम्राे बदनाम गर्न प्रधानमन्त्रीकै निर्देशनमा आदित्यनाथको फोटो राखेको पाइयोः ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजाको स्वागतमा योगि आदित्यनाथको फोटो एमाले नेता विष्णु रिमालले राख्न लगाएको पाइएको आरोप लगाएका छन् । आइतबार पूर्वराजाको स्वागत गर्ने कार्यक्रममा ज्ञानेन्द्र शाहको तस्विरजस्तै भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो राखेको भन्दै चौतर्फी विरोध भइरहँदा शाहीले सो आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता शाहीले सो तस्विर आफूहरुले नभई आफूहरुको बदनाम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले राख्न लगाएको पाइएको बताएका हुन् । उनले लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाईएको छ ।’, शाहीले फेसबुकमा लेखेका छन् ।

Ncell
Extreme Energy

त्यस्तै उनले आफूहरुले नेपालको राष्ट्रिय झण्डासहित राजालाई स्वागत गर्न लाग्दा विरोधीहरुले आफूहरुको कार्यक्रममा असर गर्न त्यस्ता कुकर्म गरेको बताएका छन् । उनले विदेशीको एजेण्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लागेको बताए । ‘नेपाली  राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि।’, उनले लेखेका छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तनमा  पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ?’

 

सांसदसमेत रहेका शाहीले  माक्स ,लेलिन ,माओ कुन देशका हुन ? भन्दै प्रश्न समेत गरेका छन् ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।