नेभिगेशन
समाज
पदाधिकारी बैठक :

प्रतिगामीहरु सक्रिय हुनुमा वर्तमान सरकार जिम्मेवार छः माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ ।
माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको हो । प्रतिगामीहरु सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरुले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताए ।

Ncell
Extreme Energy

उनले अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधान समेत रहेको धारणा राखे । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरुमा माओवादीले शसक्त भूमिका निर्वाह गर्ने र जनताका समस्याहरुलाई उजागर गर्ने निर्णय गरेका प्रवक्ता सापकोटाले बताए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको उल्लेख गरे ।

त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति अर्को बैठकले तय गर्ने जानकारी दिए । बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भीक समिक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरको उनले बताए । हाललाई स्थगीत गरिएको अभियान अर्को महिना पुन सुरु गर्ने माओवादीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।